फोनिज बांके शाखाको पाचौं अधिबेशन : समिरको अध्यक्षतामा नयां कार्य समिति

१८ चैत्र, नेपालगञ्ज/ नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) बांके शाखाको पाचौं अधिबेशन आईतबार सम्पन्न भएको छ ।
अधिबेशनले बांके शाखाको नयां नेतृत्व र सल्लाहकार समिति समेत चयन गर्नुका साथै यहि चैत्र २३ र २४ गते काठमाण्डौंमा हुने राष्ट्रिय महाधिबेशन र प्रदेश अधिबेशनका लागी प्रतिनिधि छनौट गरिको छ ।

फोनीज बांके शाखा सदभाव एफएम कार्यरत सक्रिय पत्रकार समिर मान श्रेष्ठको अध्यक्षतमा नयां नेतृत्व सर्बसम्मतीले चयन गरिएको हो । बांकेमा हाल ४० जना सक्रिय पत्रकारहरु फोनीज बांके शाखाको सदस्यहरु रहेकोमा अधिबेशनले उपाध्यक्षमा बिमला चौधरी, सचिवमा भगतराम थारु कोषाध्यक्षमा सोम गुरुग, स–सचिवमा लक्ष्मी चौधरी र सदस्यहरुमा शम्भु प्रशाद थारु, खम्ब प्रशाद पुन, ममता थापा र निकिता कर्माचार्य रहनु भएको छ ।

त्यसैगरी फोनीज अधिबेशनका लागी केन्द्रिय पार्षदहरुमा विश्वराज पछलडग्या, क्षितिजा जिएम, प्रज्वल श्रेष्ठ र गजेन्द्र गुरुग र क्षेत्रिय पार्षदहरुमा कुमार श्रेष्ठ, ममता थापा, रबिन्द्रमान शेरचन र कृष्ण चौधरीलाई छनौट गरिएको छ ।
सल्लाहकारमा पुर्णलाल चुके, हेमन्त कर्माचार्य, गोपी बुढा, उमा थापा,शोभा गुरुग र रण बहादुर राना रहनु भएको निवर्तमान अध्यक्ष उमा थापा मगरले बताउनु भएको छ ।