बाटोकै छेउमा ऐसेलु र चुत्रा अनी कालै करौती पाकेर लटरम्म भएका । हिडदा–हिडदै थकाई मादै तिनै पहेलै पाकेका ऐसेलुका टोप्पा अनी गाढा निलो रंगमा पाकेको चुत्रा टिप्दै कालै ठुल्ठुला दाना भएका करौतीका दाना टिपेर खादै संगै जानुभएका साथीहरु संग गफिदै बेलबासको उकालो लागेको पनि ३ बर्ष पुरा भइसकेछ ।
नेपालगञ्ज देखी दांगको भालुवाङ्ग हुदै प्यूठानको भिंग्री सम्म करीब ४ घण्टामा सरर कालोपत्रे बाटोमा गुडेपछी भिग्रीबाट कल कल बगेको सफा माडि नदि झुलुङ्गे पुल हुदै बेलबास लागेको धेरै दिनभएको छैन ।
बेलबासको फेदीमा हल्का हरियो सगै पहेलिएको बांसको झागहरु, बाटोको अली माथी गएमा बाटो बाटै तल देखिने माडी नदिको किनारमा फैलिएको सुन्दर भिग्री बजार बाटो छेलमै चुत्रा ऐसेलु अनी करौती उकालो चढदै जांदा बाटोको वरपर रातै घोप्प परेर फुलेका लाली गुरांश जति उकालो चढदै गयो उति फरक फरक किसिमको आन्नद आउने प्राकृतिक स्रोतहरु ।
अझै केही माथील्लो भागमा गएपछीे सल्लाहघारीको सुई..सुई.. गरेर सुस्साइ रहेको हिडदा हिडदै पसिना छुटला झै भएपछी एक छिन रोकिदा हल्का चिसोले सररर आन्नद आउने बेलबासको उकालो बाटोेकै छेमा घाटीमा घण्टी बजाउदै चढदै गरेका बाख्रा र गोरु अनी सगै डोरी बाटी रहेका गोठाला र हातमा किताब लिएर गोठाला गदै गरेका साना साना भाइ बहिनीहरु ।
समाज सेवाका क्षेत्रमा बिभिन्न संघ/संस्था माध्यम मार्फत काम गर्ने क्रममा पछील्लो पटक त्यो यात्रा हेफर इन्टरनेशनलमा जिम्मेवारी निभाउने क्रममा म प्युठानको चर्चित महिलाहरुले सञ्चालन गरेको स्थानिय साझेदार संस्था डब्लु सिएफ परियोजना संयोजन केशब, पशु प्राबिधिक गोबिन्द,गिरबर धामी समेतको साथीहरुसगं घरधुरी अनुगमनको क्रममा म बेलबास गएको थिए ।
बाटोको रमाइलो दृश्य सगै बेलबास गाउं पुग्दा आहा कती रमाइलो डांडाको हरियो फांट फांटको सिरानमा चिटिक्क परेर मिलेका घरहरु, घरको आंगनमा मकैका सुलीहरु, घरको वरीपरी मौरीका घारहरु, फांटको एकाछेउमा अग्लो पहाड र अर्को तर्फ प्यूठानको स्वर्गद्धवारीको पहाड प्रकृतिले मिलाएरै बनाएको रहेछ त्यो बेलबास ।
घरमा लहरै बसेर पढने पढाउने बालबालीकाहरु, घरकै करेसामा स्याउलाको कम्पोष्ट मल बनायएको, अगेनामा आगो बालेर पानी तताउदै बुवा आमा सरहका सवैसाधरणका जोडी बसेर गफ गर्खै गरेको, अगेनाको ढिमा भगवानलार्य बत्ती बालेको, खेतमा हरियो खेतीपाती आजभोली तोरी र गहु पसाउदै गरेको, गाउंको बीचमा बुढो ठुलो इतिहासिक पिपलको रुख, यस्तै यस्ते सुन्दर प्राकृतिक रमणिय बेलबासको उकालो चढेको ३ बर्ष पुगीसकेको छ ।
अनुगमनको क्रममा स्थानिय दिदि बहिनी र आमाहरुको हसिलो मुहार कुनै चिन्ता र तनाव नदेखीने, सबै एकनासको । सबैले सबैलाई नाताबाटै आदर सम्मान साथ बोलाएको सबैको हसिलो अनुहार ।
फेरी पनि आउनुहोला है सर मेरो घर त नपसी जानै मिल्दैन सर भनेका आवाजहरु अहिल्य भरखरै बोलेको झै लाग्छ । पहिल्य–पहिल्य गोराथोकी र कालाथोकी २ किसिमका जाती र केही बि.क. र परियार रहेकामा हाल जात पनि परिवर्तन गदै गोराथोकीहरुले तराई झर्दा गौतम लेखाएको र कालाथोकीहरुले आर्चाय लेखाएको स्थानिय बासिन्दाले आफना कुरा राखने क्रममा बताउनु भएको थियो ।
बेलबासमा आम्दानीका लागी घर–घरमा स्थानिय जातको लोकल कुखुरा, र खसि, बाख्रा पालन, घर–घरको पालीमा मौरी पालन गरि आम्दानी बृद्धिका लागी गरिएको प्रयास साच्चिकै केही गरौ भन्ने भावना नेपाली दाजु–भाई तथा आमा बुवामा भएको पाइनछ ।
वहांहरुलाई परम्परागत जिवनशैलीका बिषयमा अलिकती सहजी करणको बाटो देखाउन र अगालेको पेशामा पनि परम्परागतबाट बढदो प्रबिधिसंग जोडन जरुरी छ । केही गछु र गनुपर्दछ भन्ने भावनाको बिकास गराउनु छ । गर्न खोज्ने र गरिरहेका लाई उक्त बिषयमा बिज्ञहरु समक्षको पहुचका साथै उहांहरुलाई आवश्यक ज्ञान, सिप र अनुभवलाई बांडन सकेमा बेलबासमा प्राकृतिक रमणियसंगै थप आर्थिक उन्नतीमा स्थानिय बासिन्दालाई टेवा पुग्दछ भने सम्पन्नताको र सुखको आसमा अन्यत्र बसाई सर्ने समस्या पनि रोकिन्छ ।
प्युठान साक्षरता मात्र होइन आर्थिक तथा समाजिक हिसाबले समेत माथी उठदै गरेको जिल्ला हो । रोल्पा जिल्ला संग जोडिएको भिग्री बेलबास आन्तरिक तथा बाहय प्रर्यटकका लागी पनि उत्तीकै रमणिय ठाउं रहेको छ । मेरा लागी बेलबास जिवनको एउटा पाठशाला बनेको छ । बेलबासको उकालो चढदै गर्दा लागेको जिवनको ओराली कहां गएर रोकीने हो त्यो भने मेरो लागी प्रतीक्षाको बिषय बनेको छ ।
हाम्रो संरचना । २० चैत्र २०७४, मंगलवार १७:०५