मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारी घुस सहित पक्राउ


२७चैत,सुर्खेत/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले २ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।
मंगलबार अख्तियारले गरेको ‘स्टिङ’ अप्रेसनका क्रममा मालपोत कार्यालयका खरिदारद्वय ओमबहादुर सुनार र धर्मराज सुवेदीलाई घुस रकमसहित पक्राउ गरेको हो। वीरेन्द्रनगर(१० नयाँ गाउँमा सेवाग्राहीबाट घुस ल्याएर मातपोत कार्यालयमा बाँड्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारको दाबी छ।