२८ चैत, समाचार एजेन्सी/ अल्जेरियामा भएको विमान दुर्घटनामा २०० भन्दा बढी सैनिकको मृत्यु भएको छ। अल्जेरियाको राजधानी अल्जिरमा रहेको बोउफारिक विमानस्थल नजिकै सैन्य विमान दुर्घटनामा परेको हो।
उक्त सैन्य विमानमा २०० भन्दा बढी सैनिक र सैन्य सामाग्री रहेको बताइएको छ। उक्त विमान स्थानीय समय अनुसार बिहान ८ बजे दुर्घटनामा परेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार रन वे बाट कालो धुँवाको मुस्लो आएको थियो। विमानमा लागेको आगो निभाउन १० बारुण यन्त्रहरूको प्रयोग गरिएको थियो।
त्यस्तै दर्जनौं एम्बुलेन्स विमानस्थलमा देखिएका थिए। विमानको भग्नावशेषबाट दर्जनौंको संख्यामा मृतकहरूलाई निकालिएको छ। विमानस्थलबाट हुने उडान र अवतरणका सेवा तत्काललाई पूर्ण रुपमा स्थगित गरिएको छ।
आपतकालिन सेवा सुरु गरिएका छन्। उद्दारकर्ताकहरू काममा खटिएका छन्। अल्जेरियाको सेनाले स्थानीय सञ्चारमाध्यमलाई कोहीपनि जिवित हुने सम्भावना नरहेको बताएको द सन समाचार संस्थालेले लेखेको छ।
हाम्रो संरचना । २८ चैत्र २०७४, बुधबार १६:२९