डोटीमा चट्याङबाट २ बालकको मृत्यु 


२८ चैत्र,डोटी/ डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ डाँडाखालीमा बुधबार दिउँसो चट्याङ पर्दा २ जना बालकहरुको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहका अनुसार मृत्यु हुनेमा स्थानीय चक्र भण्डारीका ११ वर्षीय छोरा ओमप्रसाद भण्डारी र खेम भण्डारीका नौ वर्षीय छोरा भुवन भण्डारी रहेका छन् ।
खेम भण्डारीका घरको भान्सामा खेलिरहेका बेला परेको चट्याङले दुवैको ज्यान गएको सिंहले जानकारी दिनुभएको छ ।