२९ चैत्र, नेपालगञ्ज/ राजनैतिक दलको सहमतीका आधारमा तराईमा बसोबास गर्ने मधेशी नागरिकहरुलाई नागरिकता बाढने भनी गरिएको निर्णयको दुरुपयोग गदै गैर नेपाली नागरिकहरुले राज्य अपराधको रुपमा नागरिकता लिएको भेद तराईमा बिस्तारै खुल्दै गइरहेको छ ।
गैर–नेपालीले ततकालीन केही स्थानिय ब्यक्तीहरुलाई आर्थिक चलखेल तथा प्रभाव पारेर नागरिकताको सिफारिस गराएर नागरिकता लिएको स्थानिय ब्यक्तीहरुबाटै गोप्य उजुरी पर्ने र त्यसको छानबीन तथा कार्बाही निरन्तर चलिरहेकोमा बिहिबार त्यस्तै थप १ जना भारतिय नागरिक पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय बांकेका अनुसार बिक्रम सम्वत २०७० साल मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय बांकेको निर्णय अनुसार भारतको बहराइच जिल्ला, नवाबगञ्ज बस्ने सलमान हल्वाईले नक्कली नेपाली नागरिक बनेर नागरिकता लिएको पाइएको हो ।
नवाबगञ्जका रईस अहमद हल्वाईका छोरा सलमानले ततकालीन नेपालगञ्ज नगरपालीका वडा नम्बर ५ सल्यानी बंगला क्षेत्रका आविद हुसेन हल्वाईलाई नक्कली बाबु बनी÷बनाई दल तथा वडा कार्यालयबाट सिफारिस गर्न लगाई मोहम्द सलमान हल्वाईको नामबाट नागरिकता प्रमाण पत्र नम्बर ६९–०१–०७–०४३५५ मा लिएको पाईएको छ ।
उक्त भारतिय नागरिकलाई नेपाली नागरिक भएको र नक्कली बाबु समेत बनी बनाई नागरिकता बनाई दिन सहयोग गर्ने बिभिन्न ब्यक्ती तथा निकायका ब्यक्ती उपर समेत छानबीन गरि कार्बाही प्रक्रिया अगाढी बढाउने जिल्ला प्रहरी कार्यालय बांकेको कानुनी सहायता शाखाले जनाएको छ ।
यस अघि पनि गैर नेपालीले नागरिकता लिएको बिषयमा बिभिन्न ब्यक्तीको नागरिकता छानबीन गरि करीब १ दर्जन नागरिकता रद्ध गरि सम्वन्धीत ब्यक्ती उपर कार्बाही चलाईसकेको जिल्लन प्रशासन कार्यालय बांके यस अघि सार्वजनिक गरिसकेको छ ।
नक्कली नेपाली नागरिक बनी सक्कली नेपाली नागरिकता लिने ब्यक्तीलाई जेल तथा नगद जरिवाना सहितको सजाएको कानुनी ब्यवस्था रहेको छ ।
हाम्रो संरचना । ३० चैत्र २०७४, शुक्रबार ०६:१५