हाम्रो संरचना मङ्लबार, कार्तिक २, २०७८ 847 Views

 

२९ चैत, काठमाडौं/  प्रतिबन्धित भारतीय ५ सय र १ हजार दरका पुराना नोट ४९ लाख ३१ हजार ५ सय रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुको मोरङ्ग कटहरी गाउँपालिका–३ बस्ने ५३ बर्षीय सुनिल देव वैश्य र नुवाकोट शिवपुरी गाउँपालिका–५ बस्ने ५० बर्षीय चेत बहादुर नेपाली रहेका छन् ।

काठमाडौँ महानगरपालिका स्थित लाजिम्पाटमा अवैध कारोबार भइरहेको सूचना प्राप्त हुनासाथ महानगरीय परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई उक्त भारतीय नोट सहित पक्राउ गरेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय समाचार कक्षले जानकारी सार्वजनिक गरेको छ ।