हाम्रो संरचना बिहिबार, कार्तिक ४, २०७८ 635 Views
रुपन्देहीमा प्रहरीले अनुसन्धानको क्रममा पछील्लो पटक दरपकड तथा पक्राउ गरेको ब्यक्तीहरु

५ बैशाख, बुटवल/ अपराधिक घटना नियन्त्रणका लागी रुपन्देही प्रहरीले दोहरो भिडन्तमा मारिएको बताउदै आएको मनोज पुनलाई सहयोग गरेको आरेपमा बिभिन्न ब्यक्तीहरुलाई दरपकड तथा पक्राउ जारी राखेको छ ।

मनोज पुनको सहयोगीको आरोपमा बुटवल यप महानगरिपालीका वडा नम्बर ७ का उत्तम आचार्य, देवदहका लेखनाथ न्यौपाने, रोशन खड्का र तुल्सीराम न्यौपाने,बुटवल उपमहानगरपालीका वडा नम्बर ४ का मदिरा उद्यमी हरी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउमा परेकाहरुले मनोज पुनको सहयोगीको रुपमा काम गर्ने गरेको केही आधारित आशंकामा नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रमुख श्याम लाल ज्ञवालीले बताएका छन ।

मनोज पुन र उनका सहयोगी सोम आलेलाई प्रहरीले गत फागुन ९ गते प्रहरी ईन्काउन्टरमा माररेको थियो। स्रोतले पक्राउ गरि हत्या गरेको आरोप प्रहरीलाई लगाउदै आएको थियो ।

पुनको योजनामा भएको रुपन्देहीको देवदहका दुर्गा तिवारीको हत्यापछि हत्यामा संलग्न श्याम बहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
प्रहरी संगठनमा अपराध नियन्त्रणमा केही बलपूर्वक घटनाको पनि पिडित पक्षबाट आरोप समेत लगाउदै जाने क्रम बढदो छ । नेपाल प्रहरीले भने अपराध नियन्त्रणमा कुनै सम्झौता नगरिने बताउदै आएको छ ।