दाइजो नल्याएको न्यूमा घरेलु हिंसा पिडित महिला न्याय माग्दै प्रहरीकोमा: मुख्य अभियुक्त नेपालगञ्ज उप–महानगरपालिका–८ का सलीम सिद्दिकी कानुनी दायरा बाहिर

दाइजो नल्याएको आरोपमा घरेलु हिंसाका घटनाका मुख्य अभियुक्त नेपालगञ्ज उप–महानगरपालिका–८ का सलीम सिद्दिकी र पिडित निजकी श्रीमती फरहीन सिद्दिकी भन्ने नुरी साथमा हदै सम्मको काबाहीको निबेदन प्रहरी र मुस्लिम निकायमा, साथमा प्रहरीको सामाजिक क्षेत्रका घटनाको सु? सम्बोधन गर्ने गरि प्रहरीले खडा गरेको प्रहरी मेरो साथीको लोगो .

१८ बैशाख, नेपालगञ्ज/ दाइजोको नाममा महिलामाथि हुँदै आएको कुटपिट र घरेलु हिंसा बाँकेमा बढ्दै गएको छ । दाइजोको नाममा धेरै पटक महिलालाई जलाउने प्रयास, कुटपिट र यातना दिने घट्नाहरु हुँदै आएको बाँकेमा अहिले आएर फेरी एउटा अर्को घट्ना सार्वजनिक भएको छ ।

पछिल्लो पटक एक युवतीलाई उनका पति, सासु, देवर र नन्दले मिलेर दाइजो माग्दै गत ६ महिना देखि कुटपिट र यातना दिंदै आएको पिडित युवतीले बताएकी छिन ।
विवाह भएको दुई महिना पछिनै दाइजोमा गाडी र गरगहना लगायतका विभिन्न बहुमूल्य बस्तुको माग गर्दै आफुमाथि कुटपिट र यातना दिने कार्य हुँदै आएको पिडित फरहीन सिद्दिकीले बताइन् ।
नेपालगञ्ज उप–महानगरपालिका–८ का सलीम सिद्दिकीसंग गत सितम्बर महिनामा भारत कैसरगञ्ज कुसुन्डा महुरीकलाकी फरहीन सिद्दिकी भन्ने नुरीको विवाह भएको थियो ।
वैवाहिक जिवनको सुनौलो सपना बोकेर पतिको घरमा आएकी उनले विवाहको दुई महिनापछि नै दाइजोको नाममा यातना र कुटपिट सहँदै आएको जनाइन् ।
आफ्ना पति, सासु, देवर र नन्दले गत ६ महिनादेखि दाइजो माग्दै निरन्तर कुटपिट गर्नुका साथै विभिन्न यातना दिने गरेको तथा जलाएर मार्ने धमकी पनि दिंदै आएको पिडित सिद्दिकीको भनाई छ ।

विवाह भएको ८ महिना पुगेपनि एक दिनका लागि समेत माइती घर जान नदिएको दाइजो ल्याएपछि मात्र जान दिने भनेको जनाउँदै उनले सातामा तीन चार पटक विभिन्न बहानामा कुटपिट सहनु परेको बताइन् ।

सोही क्रममा सोमवार ससुरा बाहेक घरमा रहेका सबैले शरीरमा निलडाम पर्ने गरी धेरैबेरसम्म कुटपिट गरेपछि यातना सहन नसकेर फरहीन नेपालगन्ज–११ मा रहेको आफ्नो मामा ईमदाद सिद्दिकीको घरमा भागेर शरण लिन पुगेकी छन् ।

अहिले मामाकै घरमा रहेकी उनले आफु निरन्तर घरेलु हिंसामा परेको र दिनरात काम गराउने बाहेक खाना पनि राम्ररी नपाएको बताइन् ।
उक्त घट्ना थाहा पाएर अहिले फरहीनका माता पिता छोरीको अवस्था बुझ्न नेपालगञ्ज आएका छन् । उनिहरुले आफ्नी छोरीमाथि गत ६ महिनादेखि निरन्तर अत्याचार भएको बताएका छन् ।

शुरुमा विवाह गर्दा आफुलाई केही पनि नचाहिने बताएका केटा पक्षले पछि आएर दाइजोमा कार र सुनचाँदी मागेकोमा दिन नसक्दा छोरी माथि निरन्तर यातना र कुटपिट भएको फरहीनका पिता मोहम्मद मुस्तकीम सिद्दीकीले बताए ।
उनले हालसम्म छोरीलाई एक पटक पनि माइती घर जान नदिएको तथा आमा बुवासंग फोनमा पनि सम्पर्क गर्न नदिएको जनाउँदै सहनै नसक्ने अत्याचार गरिएको बताए ।

दाइजोको नाममा गरिएको सो कुटपिट र यातनामा संलग्न दोषीहरुलाई कडा कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिईएको पिडितका मामा इमदाद सिद्दिकीले बताए ।

नेपालमा महिला हिंसा रोकथाम तथा समस्या निकासका लागी बिभिन्न महिला समुहरुले उक्त बिषयमा हालसम्म केही गरेको देखिएको छैन भने प्रहरीले उक्त बिषयमा आवश्यक कार्बाही प्रक्रिया अगाढी बढाउने बताउदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय बांकेमा उक्त बिषयमा पिडितले न्यायका लागी लिखित उजुरी दिएकी छिन । घरेलु हिंसाका घटना समाधानका लागी प्रहरीले छुटटै महिला सेल गठन गदै यस्ता समस्या उपर कार्बाही गदै आउने गरेको छ । सहकर्मि नेपालगञ्ज एफएम लगायत बिभिन्न सञ्चार माध्यममा पनि समाचार प्रकाशित छ