गहनामा चिटिक्क परेका, टलक्क टल्किने रत्न पत्थरजडान गरेपछि वाह नभन्ने को होला र, सुन्दरीको घाँटी झुण्डिएको होस् वा वयस्काको औंला र नाडीमा सजिएको किन नहोस् । अझ राशी अनुसारको पत्थर लगाएर ग्रहदशा सुधार्न चाहनेको त कुरै नगरौं ।
हिरा–मोती वाहेकका जमिनमुनी पाईने यी बहुमुल्य रत्न पत्थरनेपालमा पाइन्छ भन्ने कुरा धेरैलाई थाहा नहोला । पाकिस्तान, अफगानिस्तान, भारत, भुटान र नेपालका पहाडी भूभाग यसका खास स्थानहरु हुन् । यिनै रत्नपत्थरहरु जाजरकोटको पश्चिम भेक गर्खाकोट, पजारु, टालेगाउं, अर्छानीमा कसरी उत्खनन् र उत्पाद भइरहेका छन् भन्ने कुरा फोटो मार्फत देखाउँन गइरहेका छौं ।
जाजरकोटमा पाइने काईनेटिक विश्वकै उत्कृष्ट मध्ये पर्ने दुई दशक देखि रत्नपत्थरको व्यापारमा संलग्न नेपाल खनिज तथा खानी संघ का अध्यक्ष गोपाल रेग्मी वताउँछन् । जाजरकोटमा काईनेटिकको अलावा गुणस्तरीय टुर्मालिन र क्वार्ज पनि पाईन्छ । देशभरमै सबै भन्दा बढी टुर्मालिन निकासी हुने जिल्ला पनि जाजरकोट नै हो । औपचारिकरुपमा वर्षेनी डेढ सय टन टुर्मालिन निकासी हुने उल्लेख भएपनि ५ सय टन भन्दा बढी निकासी हुने रेग्मीको अनुमान छ ।
काठमाडौंमा रत्न पत्थरप्रशोधभन गर्ने रेग्मी पहिलो व्यापारी हुन् । जाजरकोटबाट वर्षेनी अर्को मुल्यवान पत्थर ५० देखि ६० टन काईनेटिक निकासी हुन्छ । खानीबाट निकालिएको स्तरीय काईनेटिकको मुल्य २ लाख रुपैंया प्रतिकेजी पर्छ । नेपालमा सबैभन्दा बढी क्वार्ज निकासी गर्ने संखुवासभा र धादिङ जिल्लाबाट हो । यी २ जिल्लाबाट मात्रै वर्षेनी २५ टन क्वार्ज चोरी निकासी हुने गरेको छ ।
जाजरको टालेगाउँको सौरेनीस्थित खानीको काईनेटिक २ दशकदेखि सिधै भारतको गुजरात, राजस्थान र जयपुर निर्यात हुने गरेको छ । एक दशक अघिसम्म देशमा पत्थर प्रशोधन गर्ने कालीगढ र उपकरणहरु नभएपछि नेपालगञ्ज र ग्लास नेपाल सुर्खेतका व्यापारीहरुले भारतकै शहरहरुमा बेच्थे ।
भारतलगायतमा निर्यात गरिने रत्नपत्थरका कच्चा पदार्थ निकासी गर्न सरकारले विगत चार वर्षदेखि बन्द गरेको छ । निकासी बन्द भए लगत्तै चोरी निकासी पनि बढेको छ । जाजरकोटमा खानी पत्थर खोजतलास गर्ने अढाई सय र उत्खनन गर्ने एक दर्जन उद्योगहरुले ईजाजत लिएका छन् । ईजाजत लिने प्रक्रिया झन्झटिलो र राजस्व भन्दा बढी अपारदर्शी खर्च हुने भएकोले ईजाजत प्राप्त भन्दा अवैध रुपमा बढी खानी संचालनमा छन् । ईजाजत पत्र लिएकाहरुले फोटोकपि प्रयोग गर्न दिएर निकासी हने गरेपनि हाल बन्द छ ।
देशभरमा रत्न पत्थरउद्योग आधा दर्जन मात्रै छन् । त्यसमध्ये काठमाडौंमा २, नेपालगंजमा १, सुर्खेतमा २ र जाजरकोटमा एउटामात्रै सञ्चालनमा छ । जिल्ला जिल्लामा घरेलु विकास समितिले रत्न पत्थरविषयक तालिम दिएर रकम खर्चने गरेपनि दक्ष जनशक्ति उत्पापादन हुन सकेको छैन ।
चीनले नेपाल र अन्य देशबाट टुर्मालिनको धुलो लिएर कस्मेटिकलगायत ५ वटा उत्पादनमा प्रयोग गर्छ । नेपालबाटै लिएको काईनेटिकलाई भारतले मोटरसाईकलको स्पार्क प्लग बनाउनमा प्रयोग गर्छ । काईनेटिकबाट निर्माण भएका प्लगहरु हजारौं डिग्री तापक्रमलाई पनि सहन सक्ने क्षमता राख्छन् । काईनेटिककै झोल बनाएर हाइटेन्सन लाईनको ईन्सुलेटरहरु बन्छ भने अल्मुनियम जमाउने बेला उद्योगमा पनि काईनेटिक नभै नहुने कच्चा पदार्थ हो । रत्नपत्थरको ईतिहास भारतमा ३ सय वर्ष पुरानो छ । गुजरातमा २५ लाख कारिगर हिरामा काम गर्छन् भने रत्नपत्थरको लागि राजस्थानमा २५ लाख कारिगर र चीनमा ५ करोड कारिगर परिचालन गरिएका छन् । कान्तीपुर अनलाईनमा समाचारप्रकाशित छ । :शव्द/तस्वीर : हरिहरसिंह राठौर
हाम्रो संरचना । २१ बैशाख २०७५, शुक्रबार २०:०७