नेपालगञ्ज लगायत मध्यपश्चिममा सञ्चालित अधिकांस दुध डेरीबाट गुणस्तर हिन दुध बजारमा, अनुगमन तथा गुण नियन्त्रण गरिदिन ब्यवसायीहरुकै आग्रह

२५ बैशाख, नेपालगञ्ज/  तपाई दुध खादै हुनहुन्छ ?

बिचार पु–याउनुहोस नेपालगञ्ज लगायत मध्यपश्चिका अधिकांस जिल्लामा बिक्रि बितरण हुने गरेको अधिकांस दुध गुणस्तर हिन रहेको पाइएको छ ।
बांकेको कोहलपुर स्थित पिपरीमा रहेको दुग्ध बिकास संस्थान (डिडिसि) लगायत बजारमा च्याउ झै खुल्दै गएका बिभिन्न दुध प्रशोधित केन्द्र डेरीहरुले अधिकतम मुनाफा कमाउने दाउंमा न्यून गुणस्तर भएको दुध गैर कानुनी तरिकाले बजार मार्फत उपभोक्ताहरुलाई बिक्री बितरण गरेको पाईएको छ ।

दुग्ध बिकास संस्थान लगायत अन्य दुध डेरीहरु तपाईले बिरोध नगरेका कारण गैर कानुनी तरिकाले कम गुणस्तरको दुध उपलब्ध गराउदै आएका छन । एउटै मुल्यमा काठमाण्डौंमा बस्नेलाई दुधको फयाट  ५ भएको दुध सप्लाई गर्छ भने नेपालगञ्ज लगायत आसपासका क्षेत्रमा त्यो भन्दा कम फयाटको मात्रा ३ भन्दा कम भएको तपाई उपभोक्ताहरुलाई दिदै आएको छ ।

एक निजि दुग्ध प्रशोधन केन्द्रको मेशिनमा गरिएको परिक्षणमा पिपरी स्थित दुग्ध बिकास संस्थानबाट प्रशोधित दुधमा फयाटको मात्रा अधिकतम ३ रहेको पाइएको छ । त्यसै गरि बस पार्क स्थित राधाकृष्ण, सेतु चौकमा रहेको गृहलक्ष्मी, अम्बे, बासकोटा मार्केतमा रहेको अनुपम लगायत डेरीबाट उपलब्ध हुने दुधमा फयाट चेकिगंको क्रममा कम गुणस्तर रहेको पाइएको ब्यवसायीहरुले बताएका छन । 

कोहलपुर स्थित दुग्ध बिकास संस्थान पयिोजनाका प्रमुख गोपाल प्रशाद दाहलले दुधमा बिगत देखी नै फयाटको मात्रा ३ नै रहेकाले त्यही बजारमा गइरहेको स्विकादै काठमाण्डौमा भने फयाटको मात्रा ५ रहेको जानकारी दिनु भएको छ ।

नेपाल सरकारले न्यूनतम रुपमा दुधमा फयाटको मात्रा ५ रहनुपर्ने र दुधलाई आधा घण्टा सम्म ६३ डिग्रीको तापक्रममा राख्नै पर्ने र त्यसपछी उक्त दुधलाई तुरुन्तै १० डिग्री भन्दा कममा चिस्याएको हुनुपर्नेमा लगायत बिभिन्न प्राशोधित प्रक्रिया सहित दुधको गुणस्तर निर्धारण गरेको छ ।

मध्यपश्चिमाञ्चल बिकास क्षेत्रका अधिकांस जिल्लामा दुधको गुणस्तर कम गरि प्रतिस्पर्धाको नाममा कम मुल्य गरि बजारमा गैर कानुनी तरिकाबाट कम गुणस्तरको दुध बिक्री बितरण भइरहेकोमा त्यस्ता दुध डेरी तथा बिक्रेतालाई कार्बाही गर्न र गुणस्तरको अनुगमन गरिदिन केही दुध डेरी सञ्चालकहरु नै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जमा डेलीगेसन नै गएर अनुगमनका लागी आग्रह समेत गर्ने गरेका छन ।

उपभोक्ताले सजिलै गुणस्तरको पहिचान गर्न नसक्ने भएकाले दुध डेरीले पकेट मार्फत दुध उपलब्ध गराउन र उक्त पकेटमा दुध सम्वन्धी मात्रा,मुल्य, गुणस्तर, प्याकिगं मिति, प्रशोधिक केन्द्र लगायत अनिबार्य उल्लेख गरेर मात्र बजारमा बिक्री बितरण गर्नुपर्ने सरकारले न्यूनतम मापदण्ड तोकेको छ ।

तर बजारमा उपलब्ध गराइएका दुधहरुको बारेमा अनुगमन नगर्दा दुध प्रशोधित केन्द्र मार्फत उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरि दुधबाट घिउको लागी फयाट निकाल्ने, मात्रा बढाउन अन्य तरल पदार्थ तथा ठोस कृर्तिम दुध मिसाउने जस्ता कार्य भइरहेको समेत केही दुध ब्यवसायीहरुले नै बताउदै आएका छन । 

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्स्ना श्रेष्ठले प्रतिस्पर्धाका नाममा बजारमा कम गुणस्तरको दुध प्रशोधित केन्द मार्फत बजारमा आएकाले दुधको अनुगमन तथा र गुणस्तर सम्वन्धी कार्य गरिदिन बिभिन्न ठाउंबाट आफनो कार्यालयमा दुध ब्यवसायीहरु नै आएको बताउनु भयो ।

प्रमुख ज्योत्स्ना श्रेष्ठले जिल्लामा अनुगमन गरि नमुना संकलन गर्न आफुहरु तयार रहेको तर दक्ष शक्तीको केही अभावले तुरुन्तै अनुगमन गर्न नसकिएको र जिल्ला अनुगमन समितिसंग समन्वय गरेर आगामी दिनमा अनुगमन तथा गुणस्तर चेक जांच गर्ने बताउनु भयो ।

बिश्व स्वास्थ्य संगठनको एक अध्ययनले नेपालका नागरिकमा कुपोषणको मात्रा उल्लेखनिय मात्रमा नघटेको बिषयमा गरेको एक अध्ययनमा नेपालका नागरिकले खाने खाद्यय पदार्थ लगायत अन्य चिजमा न्यून गुण स्तर रहेको र त्यसमा पनि प्रशोधित केन्द्र मार्फत उपलब्ध हुने दुधमा अत्यन्त न्यून गुणस्तर रहेकोले त्यसलाई गुणस्तर कायम गर्न नेपाल सरकारलाई जानकारी गराएको थियो ।

सरकारले कृर्षि तथा सहकारी मन्त्रालयले गत २०७४ साल माघ २२ गते राजपत्रमा एक सूचना प्रकाशित गरि खाद्यय ऐन २०२३ को दफा ७ अनुसार दुधको मुल्यमा केही बढाएर भएपनि दुधको गुणस्तर कायम गर्न सबैमा सूचना जारी गरेको थियो ।

सम्बन्धित शीर्षक