नेपालका चर्चहरु धार्मिक गुठीमा दर्ता गर्न क्रिशियन महासंघको माग, एसेम्बली अफ न्यू लाइफ अरबौं डलरको दुरुपयोग नगरेको भन्दै खण्डन


२७ बैशाख, नेपालगञ्ज/ नेपालगञ्जमा सञ्चालनमा रहेका केही चर्चको छानबीनको क्रममा चर्चको सम्पती भन्दै करोडौं सम्पती ब्यक्तीहरुले आफनो नाममा राखेको र केही चर्चको सम्पती भने ३ जना सामूहिक ब्यक्तीको नाममा समेत राखेको जानकारी प्राप्त भएको छ ।

नेपालमा चर्चहरुलाई ऐन नियम भित्र राखेर पारदर्शि ढंगबाट सञ्चालन हुनुपर्नेमा हाल सम्म पादर्शि र कानुनी रुपमा संस्थागत हुन नसकेकाले चर्चमा आवद्ध ब्यक्तीहरुलाई बिभिन्न आरोप लाग्दै आएको पिडितहरुले नै बताउदै आएका छन ।

क्रिशियन महासंघ ५ नम्बर प्रदेशका संयोजक टेक बहादुर धितालका अनुसार नेपालमा करीब १२ हजार चर्च खोली सकिएकोमा ति चर्चहरुलाई ब्यवस्थित गर्न धार्मिक गुठीको रुपमा दर्ता गर्न सरकारसंग माग राखेको र सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएर कार्यन्वयन प्रक्रियामा अडकिएकाले नेपालगञ्ज लगायत देशभरीका चर्चहरुमा पारदर्शित लगायतको बिषयमा प्रश्न चिन्ह खडा हुने गरेको बताउनु भयो ।

धितालले नेपालका सबै ठाउंमा सञ्चालमा रहेका अधिकांस चर्चहरु दर्ता नै नभएर सञ्चालन भएकाले चर्चहरुको सम्पती ब्यक्तीको नाममै रहेकाले पनि यस तर्फ सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।

नेपालमा आफुखुशि सञ्चालनमा रहेका धार्मिक संस्थाको रुपमा रहेका चर्चहरुको सम्पती संस्थागत र पारदर्शिता गर्न कानुनी परिधिमा ल्याउन आवाज बिभिन्न क्षेत्रबाट समेत उठदै आउने गरेको छ ।

त्यसैरी नेपालगञ्जको सेतु चौकमा सञ्चालनमा रहेको एसेम्बली अफ न्यू लाइफ चर्च मार्फत अरबौं डलर दुरुयोग गरी जग्गा समेत खरिद गरेको सम्वन्धमा तत्काल उजुरी पर्दाको बखत लगाइएको आरोप उक्त चर्च एसेम्बली अफ न्यू लाइफका नामबाट नभएको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ । उक्त चर्च सञ्चालनमा रहे पनि अन्य चर्च जस्तै उक्त चर्च एसेम्बली अफ न्यू लाइफ कहि कतै दर्ता नरहेको पाइएको छ ।