“हे प्रभु” !

 

ब्यग्यकार कबियत्री : सुमन थापा

“हे प्रभु” !
तिमी आउने खुसी मा देश नै रङ्गिन भएको छ।
हिजो हिलाम्मे सडकहरु आज टिलिक्क टल्कने भएका छन ।
ध्वजा पतङ्गाले शहरै रङ्गिएका छन ।
हाम्री चेली आफ्नै मन्दिर द्वारमा पस्दा  बिधवा भनी मन्दिर नै नुहाइयो ।

“हे प्रभु” !
आज तिम्रो आगमन मा हामि धोती टोपी कसि कुचो लगाउदै छौ ।
तिम्रा पईतलामा  धुलो नलागोस भनी…

“हे प्रभु” !
हिजो सम्म बिश्वभरीबाट आउने पर्यटकिय स्थल मुक्तिनाथ सुस्ताएको थियो।
तिमी आउने खुसि मा  मयुरी नाच नाच्ने भयेको छ।

“हे प्रभु” !
तिमिले नाकाबन्दी लगायौ, हामी चुप भएर बस्यौ ।
तिमिले ग्यास अनि ..पेट्रोल अभाव बनायौ,
हामी भोकै बस्यौ ।
तिमिलाई केही नभनी हाम्राले कहिले मुढा देलान
अनि भोको पेट तातो  गराउला भनी बस्यौ ।
तिमी खुसी भैदेउ…!
तिमी नरिसाइदेउ…!

“हे प्रभु” !
हाम्राले तिम्रो सुरक्षा गर्न सकेनन,
तिमिले नै आफ्ना लागि  आफै चाजो गर्नु पर्यो
तिमिले कोर्रा लगाउ..बुटले पिल्सिदेउ…
केही नभनी मुकदर्शक भएर बस्ने छौ ….

“हे प्रभु” !
तिमिले महाकाली लग्यौ
हामिलाइ बिधुत हैन, बाढी दियौ ।
हामी चुर्लुम्म डुबेर पनि सेता दात देखाउदै
मुसुक्क मुस्काएकाछौ ।
अब अरुण तेस्रो तिमिलाइ सुम्पिन तम्तयार छौ ।
कहिले सिंदुर जात्रा  गर्छौ भनी पर्खी  बसेका छौ।।

“हे प्रभु” !
तिमी नै हाम्रा हर्ताकर्ता
तिमी नै अपरम्पार
तिमी नै प्रभु तिमी नै खुसी
तिमि नै विश्व सन्सार।।