आईतबार राती आंधि, हुरीका साथ परेको पानीले रापेछापको मन्थली,पर्वतको बिहादीमा क्षती,बुटवल–पाल्पा सडक खण्डको सिद्धार्थ राजमार्गमा पहिरो

आईतबार राती आंधि, हुरीका साथ परेको पानीले रापेछापको मन्थली,पर्वतको बिहादीमा क्षती, तल बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध सडक

३१ बैशाख,बुटवल/  आइतबार राती बेग आंधिका साथ आएकको बर्षाको कारण बुटवल पाल्पा सडक खण्ड को सिद्धार्थ राजमार्ग सडकमा पहिरो गएर सडक अरुद्ध छ । अविरल वर्षासँगै खसेको पहिरोले सोमबार बिहान करीब २ बजेदेखि सडक अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध भएका कारण बुटवल –पाल्पाको सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीच बाटोमै रोकिएका छन । सवारी रोकिँदा सयों यात्रुहरु अलपत्र परेका छन ।
आइतबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले जानकारी दिनु भएको छ ।

पहिरोसँगै ठूला ठूला चट्टान सडकको बीचभागमा खसेका कारण सडक अवरुद्ध बनेको उहाँले बताउनुभयो । बिहानैदेखि सडक खुलाउने प्रयास गरिए पनि अहिले अपरानह् सम्म प्ीन् सडक सञ्चालन हुन सकेको छैन ।

पर्वतमा चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते

पर्वतमा  गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् ।

आईतबार राति परेको चट्याङले पर्वतको साविकको बाच्छा गाविस–२ उकाला भन्ने ठाउँका घरमा क्षति पुगेको हो । चट्याङको छिर्काले लागेर स्थानीय चोला नेपालीका छ महिने छोरा चित्रबहादुर नेपाली घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । चट्याङ लागेर स्थानीय डम्बर विकको गोठ भत्किएको छ भने गोठमा रहेको एउटा भैँसी मरेको छ ।

त्यस्तै तेजबहादुर नेपाली, कुमारी नेपाली, ईश्वरी नेपाली, तुलबहादुर विक, सुनबहादुर विक, पूर्णबहादुर दर्जी, तुलबहादुर क्षेत्री र डम्बर विकको घरमा चट्याङ लागेर क्षति भएको स्थानीय उत्तम परियारले जानकारी दिनुभयो ।

बाच्छा प्रहरी चौकीका प्रमुख वैजनाथ हरिजनले वर्षासँगै बिहान ३ः३० बजेतिर चट्याङ परेको जानकारी दिनुभयो । चट्याङ लागेका घरमध्ये अधिकांश चर्किएर बस्न नमिल्ने भएका छन् । दलित समुदायको बस्तीमा परेको प्राकृतिक विपत्तिले स्थानीय समस्यामा परेको उहाँले बताउनुभयो । घटनालगत्तै पुगेको प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ । पर्वतलगायत आसपासका क्षेत्रमा गएरातिदेखिनै वर्षा भइरहेको छ ।

वर्षाले रापेछापको मन्थलीमा विद्यार्थी बगे, बाटो बन्द, बजार अस्तव्यस्त

त्यसैगरी रामेछापमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा परीक्षा दिन गएका विद्यार्थी बगाएको छ भने मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको छ । ६ जना विद्यार्थीको  उद्धार गरिएको छ ।
बेपत्ता फुँयालको  नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । वर्षाले वस्ती डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । गएराति १२ बजदेखि शुरु भएको वर्षा यथावत हुँदा मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारीलगायतका क्षेत्र डुबेका छन् ।

बसपार्कमा आसपासका सडकमा पार्किङ्गका लागि राखिएका दुइ दर्जन बढी सवारी साधन बाढी सगैं आएको लेदो र गेगरले परिएका छन्। मन्थली बजार देखि आकाशे सम्म पुग्ने पुष्पलाल मार्गका ठाउँ ठाउँमा सडक चिरिएका छन्। बाढीले सगैं आएको गेगरले वस्ती पुरिन थालेपछि राति नै सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्धार थालेका थिए। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार सयौं उद्धारकर्मीहरु राति परिचालित थिए।

अवरुद्ध सडक खुलाउनका लागि राति नै जेसिबी लगाएर थोरै भागमा यातायात खुलाइएको छ। तर सहज आवागमन भएको छैन। सडक छेउमा पुरिएका सवारी साधन अलपत्र छन्।
बिहान देखि फेरि वर्षा हुन थालेको छ। खोला किनारमा परेका वस्तीमा बाढीको त्रास बढेको छ। मन्थलीमा यो दशककै ठूलो पानी परेको स्थानीयको भनाइ छ।