बुटवल असुरक्षीत: पेट्रोल पम्पहरुको कारण जिउ-धनको गम्भीर खतरा : सम्वन्धीत मौन

बुटवलको बीच बजार घना बस्तीमा रहेको पेट्रो पम्पहरु मध्यको एक पम्प

बुटवल/ बुटवल बारुदको डेरमा बसेको छ । यो बारुद रुपी अती प्रज्वलनशिल प्रेट्रोल र डिजल बिक्रेताका पम्पहरुमा कुनै सुरुक्षा उपाय नअपनाएर बीच शहरमा मनपरी पेट्रोलियम पदार्थ बिक्रीवितरण गरिरहेकाले बुटवलको मुख्य बजार क्षेत्र असुरक्षित रहेको छ ।

पेट्रोल पम्मको नजिकै रहेका नियमनकारी निकायहरु त्यसको गन्ध सुग्धै बस्नाले सर्वसाधरणहरु आफनो जनधनको ठुलो जोखिम मोलेर बस्न बाध्य छन ।

बुटवलको बीच बजारमा रहेको पेट्रो पम्पहरु मध्यको एक पम्प

तिनाउ खोलाको पश्चिम उत्तरको किनारमा सुन र नुनको बिनिमय गर्न बसेको निवारी समुदायको बाहुल्यताको बटौली बजार बिस्तारै सिद्ध बाबा हुदै तराई तिर झरेका अन्य समूदायले तिनाउ पूर्व दक्षिणमा रहेको समथर भु–भाग तिर झादै बुटवल बजार बिकसित गर्दै गएका छन ।

पहिल्य सामन्य रुपले खोलिएका प्रेट्रोल पम्महरु घना बजार क्षेत्रमा बिकसित भएका छन । जसले गर्दा पेट्रोल पम्पसगै जोडिएका घरहरुका बसिन्दा लगायत त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको जनधन ठुलो जोखिममा परेको छ ।

पेट्रोलियम पदार्थ बिक्रीबितरणमा पनि एकाधिकार र सिण्डीकेट कायम गरेको नेपाल सरकारको स्वामित्व रहेको आयल निगम आफैले बनाएका ऐन नियमको प्रभावकारी रुपमा कार्यन्वयन तथा त्यसको अनुगमन नगर्दा बुटवलको मुख्य बजार क्षेत्रमा रहेका पेट्रोल पम्पहरुबाट बुटवलबासीको जनजिवन खतरामा पारिरहेको छ ।

बुटवलको मुख्य बजार क्षेत्र रहेको ट्राफिक चौकमा रहेको नेपाल आयल निगमको अधिकृत बिक्रेता रहेको ज्योती केन्द्र पेट्रोल तथा डिजेल पम्प, नेपालगञ्ज रोडमा गैरे नामबाट सञ्चालित पेट्रोल तथा डिजेल पम्पहरु, मिलन चौक नजिक रहेको भारी आयल स्टोर्स, लखन चौक चौराह नजिक रहेको न्यू डिजल्स प्रा.लि., प्रहरी तालमि केन्द्र नजिक मिलन ब्रदर्श प्रेट्रोल तथा डिजल्स लगायतका बजार क्षेत्रमा रहेका पेट्रोल पम्पहरु अति सम्बेदनशिल क्षेत्र घना बस्तीमा सञ्चालीत भइरहेका छन ।

पेट्रोल पम्पहरुमा सामान्य हावाको घनत्वबाट समेत आगलागी भएर जनधनको ठुलो क्षती हुन सक्ने जोखिमलाई ति कुनै पनि पम्पहरुले सामन्य सुरक्षा तरिका समेत नअपनाएर निर्धक्क साथ पम्पहरुबाट पेट्रोलियम पदार्थ बितरण गरिरहेका छन ।

नियमनकारी निकायहरु जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला अनुगमन टोली, उपभोक्ताबादीहरु र स्थानिय बासिन्दाले पनि कुनै चासो नदेखाएको सम्वन्धीत केही प्रेट्रोल पम्पका केही जानकारहरुले बताउनु भएको छ ।

सम्वन्धीत आयल निगमका केही ब्यक्तीहरुले पुरानो कमिशन सेट्रिगलाई निरन्तरता दिदै पम्पमा जाने तेलको गन्ध सुग्दै बसेको स्थानिय बासिन्दाले आरोप लगाउदै आएका छन भने पेट्रोल ब्यवसायीहरुसंग गरिएको भेटघाटमा भने पहिल्यको भन्दा हालको आयल निगमको नेतृत्व केही स्वच्छ छबीको रहेको भए पनि सुरक्षा लगायतका बिषयलाई लिएर हाल सम्म कसैले पनि अनुगमन नगरेको बताउनु भएको छ । 

केही पेट्रोल पम्पहरुमा २० बर्ष भन्दा पुराना टयांकीहरु प्रयोग भईरहेको घना बस्तीमा मनपरि सञ्चालन भइरहेकोमा त्यसको बिकल्पमा आएको ऐन नियम तथा बिनियमको प्रभावकारी रुपमा कार्यन्वयन नभइरहेको बताउनु भएको छ ।

यसरी पहिल्य खोलिएका पुराना पेट्रोल पम्पहरु अन्यत्र सार्ने र त्यही रहेकालाई सिमित पेट्रोलियम पदार्थ दिने, केही भबितब्य भइहालेमा तुरुन्त नियन्त्रणमा लिनका लागी आवश्यक सुरक्षाका सामाग्री सहितको उपायहरु अवलम्बन गर्नुपर्ने आयल निगमको बिक्रेता विनियमावलीमा उल्लेख गरेको छ ।

आयल निगमको बिक्रेता विनियमावलीको २०७३ को छैठौ संसोधन पछीको दफा ३ मा पुराना असुरक्षीत पम्पहरु नमुना पम्पमा परिवर्तन गर्नुपर्ने र नगरेमा स्वत खारेज हुने उल्लेख छ 

नेपालमा तराई क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरु नमुना पेट्रोल पम्पमा सञ्चालित हुनुपर्ने र नभएमा नागरिक सुरक्षा लगायतका कारणले बन्द गर्नुपर्ने आफनै विनियमको आयल निगमले कार्यन्वयन गरेको छैन ।

मिडियामा पेट्रोल पम्पहरुको आलोचनात्मक समाचार आएमा मिडियामा निस्केको छ हजुर माथी सम्म मिलाउनु पर्छ भन्दै पहिल्यको भन्दा बढी नजराना लिएर मिलाउनुपर्ने बाध्यता रहेको पिडित ब्यक्तीहरुले जानकारी दिनुभएको छ ।

आयल निगम स्रोतले भने पेट्रोल पम्प अनुगमन गर्न गएमा पेट्रोल ब्यवसायीहरुको संस्था आर्फत दवाब आउने देखी टंयाकर ब्यवसायीका नाममा समेत बेलाबखत बिभिन्न दवाब सहनु पर्ने बाध्यता रहेको बताएको छ ।

बुटवलमा अब्यवस्थित तथा बिनियम उलंघन गरि सञ्चालित पेट्रोल पम्पहरुको बिषयमा जानकारीका लागी नेपाल आयल निगम भैरहवाका प्रमुखसंग कार्यालयको आधिकारी टेलीफोन नम्बर ०७१–५६०८२८ मा पटक–पटक टेलीफोन सम्पर्क गर्ने प्रयास टेलीफोन नउठेर सम्पर्क हुन सकेन ।

यता नागरिक सक्बेदनशिलताको बिषयमा स्थानिय निकायहरुले पनि आफनै कार्य प्रणाली अनुसार ऐन, नियम तथा मापदण्ड तोकेर अनुगमन तथा काबाहीको दायरामा ल्याउने अधिकार दिइएको छ ।

तराईमा सञ्चालित सबै पेट्रोल पम्पहरु नमुना प्रेट्रोल पम्पमा परिवर्तन गर्नुपर्ने र ति नमुना पेट्रोल पम्पहरु का लागी आवश्यक कुराहरु आयल निगमको बिक्रेता विनियमावलीको २०७३ को छैठौ संसोधनमा उल्लेख गरिएको छ । जुन तल दिईएको छ ।

नेपाल आयल निगमले आफ्नो स्वामित्वमा बायुसेवा को इन्धन विक्री कार्य मट्टितेल, डिजेल, पेट्रोल लगायतका आवश्यक इन्धनहरु २५ सय भन्दा बढी पेट्रोल पम्प, डिलर, मट्टितेल डिलर लगायतले देश भरी बितरण गर्ने गर्दछ ।

मध्यमाञ्चलमा मात्र ६० प्रतिशत भन्दा बढी इन्धन खपत हुने गर्दछ । इन्डियन आयल निगमका प्रशोधन केन्द्र, टर्मिनल तथा डिपोहरु बाट नेपालका डिपोहरुमा तथा डिलरहरुमा ११८० ट्यांक ट्रकहरु मार्फत् वितरण हुने गर्दछ ।

सम्बन्धित शीर्षक