२ जेठ,हुम्ला/ सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
विमान दुर्घटनामा पाइलट र को-पाईलोट दुवैको मृत्यु भएको छ ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार पाइलट र को-पाइलट दुवैको मृत्यु भएको हो । बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट सामान लिएर उडेको ‘कार्गो’ जहाज हुम्लाको खार्कोनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान फेला पारेको हो । घटनास्थलमा अहिले अर्को हेलिकोप्टर पुगेको छ । जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो। विमानमा पाइलट किरण भट्टराई र को पाइलट रहेको आदित्य नेपाली थिए ।
दुर्घटनास्थल सिमकोट देखि १० दशमलव ७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ। विमान तीन टुक्रा भएको अवस्थामा हुम्लाको खार्पुनाथ गाउँपालिकाको २ र ३ को सीमाना पर्ने बाहुन खर्कमा फेला परेको थियो ।
हाम्रो संरचना । २ जेष्ठ २०७५, बुधबार १३:०८