नेकपा एमाले र नेकपा माओबादी केन्द्र बीच औपचारिक रुपमा पाटी एकता, नौ सदस्यीय सचिवालय, ४५ सदस्य स्थायी कमिटि, ४४१ सदस्यीय केन्द्रीय कमिटी, एमालेबाट २४१ र माओवादीबाट २०० सदस्य

४ सय ४१ सदस्य केन्द्रस्य कमिटि बाट पद तथा गोपनियताको सपथ खादै नेकपा केन्द्रीय कमिटिका सदस्यहरु..

३ जेठ,काठमाडौं/ नेपालका सत्तासिन दुई बामपन्थी राजनितिक दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच बिहिबार काठमाण्डौंको नयां बानेश्वर स्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा एक सार्वजनिक समारोहको आयोजना गरि बिधिवत रुपमा पार्टी एकता घोषणा गरेका छन् ।

नेपालको आमुल राजनितिक परिवर्तन पछी बनेको नयां संविधान बमोजिम पहिलो पल्ट भएको निर्वाचनमा कार्यगत एकता संगै पार्टी एकता गर्ने घोषणा गरेर संयुक्त रुपमा जनमत लिन जनताको घरदैलोमा जांदा उक्त संयुक्त बाम गठबन्धनलाई अनुमोदन गदै पार्टी एकताका लागी दुबै पार्टीलाई जनमतले दवाब सृर्जना गरेको थियो ।

बाम गठबन्धको एकताका लागी गठन गरिएको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै त्यो निर्णयलाई दुवै पार्टीले अनुमोदन गरेका हुन् । दुबै पार्टी मिलेर बनेको एकिकृत पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी राखेर उक्त पार्टीको पहिलो बैठक प्रधानमन्त्री के.पी. शर्मा वली निवास बालुवाटारमा बसेको छ ।

बालुवाटारको बैठकपछि निर्वाचन आयोगलाई औपचारिक रुपमा पार्टी एकताको जानकारी गराउन नेताहरु गएका थिए। पार्टी एकताको औपचारिक घोषणा राष्ट्रिय सभागृहमा एक सार्वजनिक समारोह गरिएको छ ।

पार्टी एकता अघि एमाले र माओबादी बीच भएका सहमतीहरु:

# एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने। दुई अध्यक्षात्मक प्रणाली अपनाइने। दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली

# नौ सदस्यीय सचिवालय रहने। सचिवालयमा दुई अध्यक्ष सहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने छन्। त्यसबाहेक नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहनेछन्। पार्टीको प्रवक्ता जिम्मेवारी श्रेष्ठालाई दिइएको छ। पार्टीको महासचिव पौडेल हुनेछन्।

# सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने

# केन्द्रीय समिति ४४१ र स्थायी समिति ४५ सदस्यीय हुने।

# मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने। एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्यहको बालुवाटामा सामूहिक सपथ

नवघोषित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यले पार्टीको गोपनियता र एकता जोगाउने भन्दै सपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो केन्द्रीय कमिटि बैठकमा उपस्थित ४ सय ४१ केन्द्रीय सदस्यले एकै स्वरमा गोपनीयता र एकता जोगाउदै स्वच्छ एंवम् नैतिक आचरणयुक्त जीवन विताउने छु भनि सपश खाएका हुन् ।