६ जेष्ठ,नेपालगन्ज/ नेपालगन्ज आउँदै गरेको बस आईतबार दिउँसो सल्यानको सल्ली बजार नजिक दुर्घटना भएको छ ।
रुकुमको चौरजहारीबाट नेपालगन्जका लागि छुटेको बागेश्वरी यातायातको ना. ३ ख ७८७२ नम्बरको बस आईतबार दिउँसो १ बजे तिर सल्लीबजार नजिकै रहेको अम्रा भन्ने ठाउँमा दुर्घटना हुँदा ४३ जना घाइते भएको इलाका प्रहरी कार्यालय सल्लीले जानकारी दिएको छ ।
बस दुर्घटना भएको ठाउँ सल्लीबजार भन्दा तीन किलो मिटर पर पर्छ । बस सडकबाट करिब सय मिटर तल भेरी नदीको बगरमा खसेको ईलाका प्रहरी कार्यालय सल्ली बजारले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । घाइतेहरुलाई नेपालगन्ज उपचार भइरहेको छ ।
दुर्घटना बाट घाइते हुनेमा :-
भगवती सिह जाजरकोट वर्ष ३० कि,
तुल्सि बि क नेपालगन्ज वर्ष ३० कि,
सेती परियार नेपालगन्ज वर्ष ३०,
खिम ब सुनार सल्यान वर्ष ३२,
ललित खत्री सुर्खेत वर्ष २०,
खुम ब बिक सुर्खेत वर्ष १९,
दुर्ग ब राना सल्यान सागिनेका वर्ष ३०,
अमृता थापा सल्यान कुमाख ३ वर्ष २०,
खिमलाल बिक सल्यान बनगाड कुपिण्डे नपा १ वर्ष २५,
अनिता चन्द चौरजहारी वर्ष ३०,
कलि बस्नेत सल्यान कुमाख गापा ३ वर्ष ७५,
कमला बस्नेत सल्यान कुमाख गापा ३ वर्ष १५,
शारदा बि क बर्दिया वर्ष २२,
लक्ष्मी बिक बर्दिया वर्ष ४०,
दिलिप बिक बर्दिया वर्ष१९,
सुपृया बि क बर्दिया ७ महिना,
टेक ब बुढा सल्यान बनगाड कुपिण्डे-१ वर्ष २२,
रुद्र चन्द रुकुम वर्ष ३४,
मिना शर्मा कोहलपुर वर्ष २१,
बिकास बुढा सल्यान बनगाड कुपिण्डे १ वर्ष २२,
एन्जल शर्मा कोहलपुर वर्ष ५,
नोखी राना सल्यान बडागाउ वर्ष ४०,
अमृत थापा कालागाउ ५ का वर्ष ४०,
कविता कुमाख २ वर्ष २१,
रुद्र सिह राठौर जाजरकोट वर्ष १६,
कोइली बस्नेत सल्यान कुमाख गापा २ वर्ष४०,
बाटुली बिक सल्यान कुमाख गापा २ वर्ष १७,
गगन राना सल्यान कुमाखा गापा ३ वर्ष ५२,
डम्बर बिक सल्यान कुमाख गापा ३ वर्ष १० ,
नवीन बुढाथोकी सल्यान कुमाख गापा २ वर्ष २०,
केवसी बुढाथोकी कुमाख-१ ,
लुगि रावत सल्यान कुमाखा गापा २ वर्ष १०,
जेनिस रावत वर्ष ११,
भिम ब रोका सल्यान चादे ३ वर्ष २८,
रितेश चलाउने सल्यान कुमाख २ वर्ष ३,
दिपा थापा नेपालगन्ज वर्ष २१,
लिलारज बुढाथोकी सल्यान कुमाख वर्ष ३५,
जिते बुढा सल्यान कुमाख ३ वर्ष ३५,
नवीन बुढाथोकी सल्यान कुमाख ३ वर्ष १७,
सुर्य बुढाथोकी सल्यान कुमाख ३ वर्ष ५७ र
गाडी चालक कोहलपुरका मोहन बिक
सहचलक प्रेम खत्री
घाइते भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।
हाम्रो संरचना । ७ जेष्ठ २०७५, सोमबार ०५:३७