सल्यानमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना, १ को मुत्यू ४ जना घाईते


७ जेठ, सल्यान/ सल्यान जिल्लाको बागचौर नगरपालीका वडा नम्बर २ चिलढाले आग्री खोलामा गए राति करीब १ बजे गर्भवती बिरामी महिला बोकेको एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्युसँगै अन्य ४ जना घार्इते भएका छन् ।
गर्भवती महिलालार्इ चिलढालेबाट प्राथमिक स्वास्थ केन्द्र थारमारे तर्फ ल्याउने क्रममा रा १ झ १३७ नम्बरको एम्बुलेन्स आग्रीखोला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनमा बागचौर नगरपालीका वडा नम्बर २ चिलढालेकी गर्भवती बिरामी महिलाकी आमा ४४ बर्षीया जानकी बुढाथोकी रहेकी छन् ।

घार्इतेहरूमा गर्भवती महिला १९ बर्षीया कल्पना चलाउने, ४६ बर्षीया केवल बुढाथोकी, ३५ बर्षीया डम्बरी बुढाथोकी र ४० बर्षीया राम बहादुर बुढाथोकी रहेका छन् । घार्इतेहरुलार्इ उपचारको लागी जिल्ला अस्पताल सल्यान पठाइएको छ । एम्बुलेन्स प्राथमिक स्वास्थ केन्द्र थारमारेको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ।