७ जेठ,काठमाडौ/ सरकारले एक दशकभित्रै समृद्धिसहितको सम्मानित अवस्थामा देशलाई पुर्याउने प्रतिबद्धता जाहेर गरेको छ । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले दश वर्षभित्रै अन्तर्राष्ट्रिय तहमा सम्मानित बनाउने घोषणा गरेको हो।
सरकारले बुद्ध र सगरमाथाले चिनिने मुलुकलाई समृद्ध मुलुकको रुपमा सम्मानित बनाइने उल्लेख गरेको हो।
सरकारले कुनै बहानामा सरकारी काममाजोरजुलुम र अराजकता स्विकार नहुने बताएको छ। यसैगरि सरकारले नीति तथा कार्यक्रममा जनता सामू लोकप्रिय हुनजनताको काम गरेर हासिल गर्ने बताएको छ। सरकारले आउँदो वर्षमा आर्थिक बृद्धि दोहोरो अंक नजिक पुर्याउने र ५ वर्ष भित्र दोहोरो अंकमा पुर्याउने लक्ष्य राखेको छ।
सरकारले आगामी १० वर्षमा नेपाल र नेपालीलाई ुसमृद्ध नेपाल र सुखी नेपालीु बनाउने लक्ष्य लिएर अघि बढेको जनाएको छ। सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा एक दशक भित्र नेपाललाई मध्य आय भएको देशको रुपमा चिनाउने लक्ष्य लिएको छ।
मुख्य सहरलाई हरित सहरको रुपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले साना, मझौला तथा ठूला जलविद्युतलाई जोड दिएको छ। सरकारले५ वर्षमा ५ हजार मेगावाट र १० वर्ष भित्र १५ हजार मेगावाट विजुली निकाल्ने नीति अबलम्बन गर्ने जनाएको छ। सिमेन्ट उद्योगलाई निर्यात मूलक उद्योगको रुपमा स्थापित गराइने छ।
स्वदेशी उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धीयुक्त बनाइने छ। यस्तै सरकारले सिन्डिकेट, कार्टेलिङ हटाउने नीति लिएको छ। डिजिटल सेवा माध्यम मार्फत हरेक सरकारी सेवा नागरिकले पाउने व्यवस्था गरिने छ। सरकारलेत्रिभुवन विमास्थलको हवाइ क्षेत्र पुनर्संरचना र विस्तार गरिने छ भने नयाँ प्रविधियुक्त बनाइने नीति तथा कार्यक्रममा उल्लख गरेको छ। यस्तै निजगढ विमानस्थलको निर्माण कार्यालयलाई तीब्रता दिइने छ।
यसैगरी आगामी १ वर्ष भित्रमा गौतम बुद्ध क्षेत्रीय विमानस्थल र ३ वर्ष भित्रमा पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा ल्याइने छ।
सरकारले केन्द्रीय, प्रदेश र स्थानीय तहमा खेल पूर्वाधार तयार पार्ने नीति लिएको छ। सरकारले प्रदेशस्तरमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने नीति लिएको छ भने स्थानीय तहमा खेलग्राम बनाइने उल्लेख गरेको छ।
आर्थिक बृद्धिदर १० प्रतिशत पुर्याउने सरकारको घोषणा
आर्थिक बृद्धिदर १० प्रतिशत पुर्याउने सरकारको घोषणासरकारले आर्थिक वर्ष २०७५र०७६ मा आर्थिक बृद्धिदर १० प्रतिशत हाराहारी पुर्याउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ। पाँच वर्षपछि सधैं १० प्रतिशतभन्दा बढीको आर्थिक बृद्धि गर्ने समेत सरकारले जनाएको छ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आउँदो वर्ष दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर बताएकी हुन् । ‘आगामी आर्थिक वर्ष दोहोरो अंक नजिक आर्थिक बृद्धि हुनेछ, पाँच वर्षपछि दोहोरो अंकको आर्थिक बृद्धि कायम भइरहने छ,’ राष्ट्रपति भनिन्।
पाँच वर्षमा दुई हजार डलर प्रतिव्यक्ति आय, उत्पादनमा आधारित अर्थतन्त्र
सरकारले नेपालको अर्थथतन्त्र उत्पादनमा आधारित अर्थतन्त्रको रूपमा विकास गर्ने लक्ष्य राखेको छ। आगामी आर्थिक वर्षको लागि सोमबार संसदमा नीति तथा कार्यक्रम प्रस्तु गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको अर्थतन्त्र उत्पादनमा आधारित हुने बताएकी हुन्। ुविप्रेशण र आयातमा आधारिक अर्थतन्त्र अब उत्पादनमा आधारित अर्थतन्त्रमा रुपान्तर गरिनेछु नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले भनिन्। त्यस्तै, प्रतिव्यक्ति आए अबको पाँच वर्षमा दोहोरो वृद्धि हुने लक्ष्य सरकारले राखेको छ। अहिले एक हजार ८४ डलर रहेको छ भने अबको पाँच वर्षमा यसलाई डबल गराइने उल्लेख गरिएको छ। अनुसन्धान र प्रमाणमा आधारित विकास गरिने पनि उल्लेख गरिएको छ। हरेक क्षेत्रमा योग्य विशेषज्ञ र दक्ष जनशक्ति विकास एंव परिचालन गर्न वृहत जनशक्ति योजना तर्जुमा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। गैर आवशिय नेपालीलाई पुँजी उपयोग गर्न प्रेरित गरिने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। देशभित्र कम प्रयोग भएका र प्रयोग नभएका स्रोत साधनको भरपुर उपयोग गरिने प्रतिवद्धता नीति तथा कार्यक्रममा औँल्याइएको छ।
विद्यालयदेखि होटलसम्म नेपाल गुणस्तर लागू हुने
सरकारले निकै महत्वकांक्षी योजनाहरु सार्वजनिक गर्ने क्रममा फेरि अर्को महत्वकांक्षी योजना
सार्वजनिक गरेको छ। अब सरकारले गुणस्तमा कुनै सम्झौता नगर्ने गरी काम गर्ने बताएको छ। संसदमा सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले यस्तो जानकारी गराएकी हुन्। सरकारले अब विद्यालय, विश्वविद्यालय, अस्पताल, पार्क लगायतका सबै ठाउँमा नेपाल गुणस्तर लागू गर्ने भएको छ। सरकारले नेपाल गुणस्तर प्रदान गर्ने निकायलाई पुर्नसंरचना गरेर गुणस्तर लागू गर्ने कामलाई प्रभावकारी बनाउने जनाको छ। अब सरकारले जताततै गुणस्तर परीक्षण गरेसँग सर्वसाधरणलाई सहज हुने छ।
सरकारको प्राथमिकतामा रेलमार्ग र जल यातायात, यी हुन् रेलमार्गका तीन रुट
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा रेलमार्ग र जलयातायातलाई प्राथमकिता दिएको छ। राष्ट्रपतिले सोमबार संयुक्त संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा जल यातायात र रेलमार्गलाई प्राथमिकताका दिएको उल्लेख गरिएको हो। खासगरी सरकारले तीन रुटमा चल्ने रलेमार्ग निर्माण कार्य अघि बढाइने बताइएको छ। जसअनुसार मेची९महाकाली रेलमार्ग, काठमाडौं९ वीरगञ्ज रेलमार्ग र रसुवागढी९काठमाडौं९पोखरा रेलमार्गको निर्माण कार्य अघि बढाइने बताइएको छ। त्यस्तै, जल यातायातको लागि पनि आवश्यक कार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कोशी, गण्डकी र कर्णाली नदीहरूमा जल यातायात सञ्चालन गर्न कानुनी नीतिगत र संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। पूर्वधार विकास सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठ
हाम्रो संरचना । ७ जेष्ठ २०७५, सोमबार १८:०१