आपसमा बसेर सहमतीमा पुग्छौ: मेयर डा. राणा
ब्यापारीका गुनासा सुनियन: अध्यक्ष बैश्य
१५ जेठ, नेपालगञ्ज/ केही नितिगत बिषयलाई लिएर नेपालगञ्ज उप–महानगरपालीका र नेपालगञ्ज उद्योग बाणिज्य संघ बीच बिवाद सुरु भएको सार्वजनिक भएको छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघले सोमबार एक प्रेस बिज्ञप्ती निकालेर नेपालगञ्ज उप महानगरपालीकाले गत साल परिषदबाट पास गरेको भन्दै नगरपालीकामा दर्ता नभई पान नम्बर लिएर ब्यवसाय गर्दै आएका पुराना ब्यापारीबाट मनपरी रकम असुली गर्ने काम गरेको भन्दै बिरोध जनाएको छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जारी गरेको बिज्ञप्तीमा बर्तमान अवस्थामा नेपालगञ्ज उप–महानगरपालीकामा दर्ता तथा कर नतिर्न आफना सदस्यहरुलाई आब्हान समेत गरेको छ ।
उक्त घटनाका सम्वन्धमा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले हाम्रो संरचनासंग कुराकानीमा बिगत लामो समय देखी नगरपालीकामा दर्ता भएका र नगरपालीका कर नतिरेकालाई संघले तिर्न र आफनो ब्यवसाय नविकरण गराउन आब्हान गरेको छ ।
नगरपालीकामा दर्ता नभइ पान नम्बर लिएका तर नगरपालीकामा आफनो ब्यापार–ब्यवसाय दर्ता गराउन जादा पान नम्बर लिएको मिति देखीको पैसा असुली गर्ने कार्य गरेको बताउदै नयां दर्ता प्रक्रिया सरल बनाउनु पर्नेमा जटिल बनाउदै लगेकोमा बिरोध गरेको बताउनु भएको छ ।
अध्यक्ष बैश्यले दर्ता भएर कर तिर्छु भनेर आउने ब्यवसायीलाई नेपालगञ्ज उप–महानगरपालीकाले तेरो ब्यापार–ब्यवसाय अन्त दर्ता पुरानो रहेछ त्यही समय देखी कर तिर्नुपर्छ भनेपछी कि ब्यवसाय दर्ता नै गर्न जादैन र गएमा पुरानो पान नम्बर बन्द गरेर नयां मितिको पान नम्बर लिएर जानुपर्ने ब्यापारीको बाध्यतालाई नगरपालीकाले पटक –पटकको आग्रह नबुझेकाले नगरपालीकामा दर्ता तथा कर नतिर्न ब्यापार संघले बाध्य भएर ब्यापारीहरुलाई आब्हान गरेको बताउनु भयो ।
बैश्यले ब्यापारीहरु नेपालगञ्ज उप–महानगरपालीकालाई कर तिर्न राजी, खुशि छन तर घरेलु, बाणिज्य वा कम्पतीको दर्ता भएको मिति देखीको फर्मको कर लिने नगरपालकिाको नितिको बिरोध गरेको र नगरपालीकाले आफनो कुरा नसुनेको बताउनु भयो ।
नेपालगञ्ज उप–महानगरपालीकाले गत बर्ष करका दायरा फराकिला बनाएर जाने राणनिति बमोजिम परिषदको बैठकमा बिभिन्न करहरु मध्य ब्यापार–ब्यवसाय कर कडाईका साथ उठाउने निति बनाएर पास गरेको थियो ।
उक्त कार्यनिति अनुसार ब्यापार÷ब्यवसाय आधिकारीक निकायमा दर्ता भएको मिति देखी तोकिएको बार्षिक कर लिने र पुराना फर्महरुलाई करको ५० प्रतिशत सम्म छुट दिने निति पारित गरेको थियो ।
नेपालगञ्ज उप–महानगरपालीकाका प्रमुख डा. धवल शमशेर राणाले परिषदको बैठकमा ब्यापारीहरुकै तेतृत्वहरुकै सर–सल्लाहमा उक्त निति पारित गरिएको र हाल आएर बिरोध किन गरिएको हो ? ब्यापारीहरुको नेतृत्व साथीहरुलाई बोलाएर फेरी छलफल गरेर सहमतीमा पुग्ने बताउनु भयो ।
नेपालगञ्ज उप महानगरपालीका प्रमुख डा. धवल शमशेर राणाले ब्यापारीहरुको गुनासो सुन्न आफुहरु तयार रहेको र १÷२ दिन भित्र नेपालगञ्ज उद्योग बाणिज्य संघका साथीहरुलाई बोलाएर छलफल गरि उहांहरुको गुनासाहरु सुनेर ब्यापारी पिर मर्का सुन्ने तर ब्यापारी साथीहरुले पनि राज्य प्रतिको आफनो दायित्वबोध गर्नुपर्ने बताउनु भएको छ ।
उता नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भने नगरपालीकाको परिषद उदघाटनको अवसरमा उपस्थित हाजीरीलाई आधार बनाएर कर प्रणलाीमा सहमती भएको भन्न नमिल्ले बताउनु भएको छ ।
हाम्रो संरचना । १५ जेष्ठ २०७५, मंगलवार १२:०१