वडा प्रहरी कार्यालय नेपालगञ्जबाट १७ महिना सम्म गरेको काम कार्बाही सार्वजनिक, ७५० वटा किनारा, १९ जना बालबालीका हराएको उजुरी

Photo : प्रहरी निरीक्षक राजन गौतम पत्रकारसंग कुरा गर्दै

२१ जेठ,नेपालगञ्ज/ वडा प्रहरी कार्यालय नेपालगञ्जले सोमबार बिहान पत्रकार भेटघाट गरि हाल सम्म आफनो कार्यालयबाट गरेका काम कार्बाहीहरुको सार्वजनिक गरेको छ ।
गत २०७३ साल पुस १५ गते हाजीर भएर हाल करीब १७ महिना आफनो नेतृत्वमा वडा प्रहरी कार्यालय नेपालगञ्ज सञ्चालनको जिम्मेवारी निर्वाह गर्नुभएका प्रहरी निरीक्षक राजन गौतमले नियमित रुपमा दांग जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर जाने क्रममा आफनो नेतृत्वमा भए÷गरेका कामको पत्रकार भेटघाट मार्फत सार्वजनिक गर्नुभएको हो ।

प्रहरी संगठनको नेतृत्वले पनि सामाजिक तथा कानुनी दायित्व अन्र्तगत आफनो कार्य सम्पादन जनता बीच पारदर्शिरुपले राख्न् क्रममा नेपालगञ्ज उप महानगरपालीकामा शान्ती सुरक्षा लगायत सामाजिक रुपमा एकता, सदभाव लगायतका बिषयमा जिम्मेवारी पुरा गर्न प्रहरी संगठनमा थप दक्ष जनशक्तीको नेपालगञ्ज वडा कार्यालयमा जरुरी रहेको सो अवसरमा बताउनु भयो ।

आफु बसेको करीब १७ महिनामा वडा प्रहरी कार्यालय नेपालगञ्जमा समाजका बिभिन्न क्षेत्रबाट ७६३ वटा औपचारिक रुपमा उजुरी दर्ता भएकोमा ७५० वटा उजुरीको किनारा गरिएको र १३ वटा बांकी रहेको छ । जसमा आवश्यक कार्बाहीको लागी सम्वन्धीत निकायमा ८६ वटा मुद्धा पठाइएको थियो ।
त्यसैरी महिला तथा बालबालीका तर्फ १६३ वटा दर्ता भएकोमा १६० वटा किनारा गरिएको, १९ जना बालबालीका हराएको उजुरी परेकोमा ११ जना बालीका र ८ जना बालक रहेका थिए ।

वडा प्रहरीले तस्करीको काठ, भन्सार छलीको बिभिन्न किसिमका समान, बरामद गरेको, बिधुत चुहावट रोक्ने लगायत नियमित कामहरु गरेको जसबाट लाखों राजश्व उठाउने काममा समेत सहयोग गरेको सो आवसरका जानकारी गराइएको थियो ।
वडा प्रहरी कार्यालय रहेको जिर्न भवनको मर्मत तथा सम्भार, बिभिन्न किसिमका सिफासिर लगायत अन्य बिभिन्न निकायसंग मिलेर सामाजिक रुपमा आवश्यक सामाजिक जिम्मेवारी निर्वाह गरेको प्रहरी निरीक्षक गौतमले जानकारी गराउनु भएको छ ।

सरुवा भईजानेक्रममा गौतमले समाज भए गरेका बिभिन्न बिषयमा प्रहरी संगठन मार्फत साधान खोज्ने क्रममा साना बिषयलाई ठुला बनाईदिएर प्रहरीलाई पनि लोभ लालचमा पारेर दलाली समस्या चुनौतीको रुपमा रहीरहेको गौतमले आफनो अनुभव वडा प्रहरी कार्यालयका प्रमुख रहदाको अनुभव बताउनु भएको छ ।

सम्बन्धित शीर्षक