पश्चिम रुकुमको जनएकता विद्यालयका विद्यार्थीहरुमा “मास हिस्टेरीया”को कारण  ३५ जना विद्यार्थी मुर्छा

Photo : File

मनिष खड्का/रुकुम(पश्चिम)
२१ जेठ/ पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका वडा नम्बर १ लागिमकोे जनएकता आधारभुत विद्यालयका ३५ जना विद्यार्थीहरुमा देखिएको मुर्छा पर्ने समस्या अझै नियन्त्रणमा आएको छैन । गत १३ जेठ देखि विद्यार्थीहरु एक्कासी मुर्छा पर्न थालेकोमा हालसम्म उक्त एक्कासी मुर्छा पर्ने क्रम जारी रहेको छ ।

सोमबार पनि एकै पटक आधा दर्जन विद्यार्थीमा यस्तो समस्या देखिएको विद्यालयले जनाएको छ । अहिलेसम्म यस्तो समस्याबाट ३५ भन्दा बढी विद्यार्थी बिरामी परिसकेकोे विद्यालय व्यवस्थापन समितिका सदस्य पवन चन्दले जानकारी दिनुभएको छ ।

पवनका अनुसार विद्यार्थीहरुमा एक्कासी मुर्छा पर्ने र होसमा आएपछि हात, खुट्टा र टाउको दुखेको बताउने, रिँगटा लाग्ने र रुने जस्ता लक्षण देखिने गरेको छ । विद्यार्थीहरुमा यस्तो समस्या देखिन थालेपछि गत हप्ता पनी बुधबार देखि आइतबार सम्म विद्यालय बन्द गरिएको थियो । तर सोमबार विद्यालय खुलेपछि पुनः मुर्छा पर्ने समस्या दोहोरिएको छ । घर हुँदा भने विद्यार्थीमा यस्तो समस्या नदेखिएको विद्यालयले जनाएको छ ।
हिस्टेरिया भएको स्वास्थ्यकर्मीको भनाइ
विद्यार्थीमा देखिएको लक्षण अनुसार उनीहरुलाई हिस्टेरिया भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
तर, बिरामी सबै विद्यार्थीलाई भने हिस्टेरिया नभएको स्वास्थ्य चौकी पिपलका इन्चार्ज सन्देश चन्दले बताउनु भएको छ ।

आफुहरुले हालसम्म हिस्टेरियाको लक्षण देखिएका १५ जना विद्यार्थीको उपचार गरेको जसमा उपचार गराएका मध्ये १२ जना विद्यार्थी निको भैसकेका छन् ।
जटिल समस्या देखिएका तीन जनालाई जिल्ला अस्पतालमा रिफर गरिएको चन्दले जानकारी दिनु भयो ।

अन्य विद्यार्थीमा भने खानपानका कारणल ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको उनले बताए । चन्दका अनुसार १० देखि १५ वर्ष बीचको उमेरका विद्यार्थीमा हिस्टेरियाको लक्षण देखा परेको हो ।

निमित्त जिल्ला अस्पताल प्रमुख डा। सबिन पोख्रेलले पनि विद्यार्थीमा हिस्टेरियाको लक्षण देखिएको पुष्टि गर्दै ‘यो मास हिस्टेरीयाको लक्षण हो, धेरै मानसिक तनावका कारण यस्तो हुन्छ’, उहांले भन्नु भयो, ‘यसको उपचारमा हामी लागेका छौं, छिट्टै नियन्त्रणमा आउने छ ।’ जिल्ला अस्पतालबाट डा।.बुनेश बादल सहितको टोली घटनास्थल पुगेको छ । उक्त टोली फर्किएपछि यसबारेमा थप खुल्ने र उपचार सहज हुने पोख्रेलले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारीद्वारा विद्यालय अनुगमन

सोमबार प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी नेतृत्वको टोलीले विद्यालयको अनुगमन गरेको छ । टोलीले विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको विद्यालयले जनाएको छ । एक साता भन्दा लामो समयदेखि विद्यार्थीमा देखिएको स्वास्थ्य समस्या नियन्त्रणमा आउन नसकेपछि टोलीले सोमबार विद्यालयमै पुगेर विद्यार्थीहरुको अवस्था बारे जानकारी लिएको हो । बिरामी विद्यार्थीको तत्काल उपचार गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो ।

मास हिस्टेरिया अथवा कन्भर्जन डिसअर्डर के हो ? कसरी समाधान गर्न सकिन्छ…? Clicks here to read