कालीकोटमा निर्माण क्षेत्रमा मनपरी गर्ने १० ठेकेदार र १६ विद्यालय व्यवस्थापन समिति कारवाहीका लागि सिफारिस

२३ जेठ, कालिकोट/ जिल्ला प्रशासन कार्यालय कालिकोटले जिल्लामा सञ्चालित १० आयोजना ठेकेदार कम्पनी र १६ वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको विवरण कारवाहीका लागि गृह मन्त्रालय सिफारिस गरेको छ।

कार्यालयले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षका विवरण कारबाहीका सिफारिस गरेको हो। विवरणमा ठेकेदारहरुले पाएको काम, काम सुरु गरिएको मिति, सम्पन्न गर्नुपर्ने मिति लगायत समावेश गरिएको कालिकोटका प्रमुख जिल्ला चन्द्रनाथ गौतमले बताउनु भएको छ।

‘काममा धेरै ढिलाइ गर्ने ठेकेदारहरूका विवरण कारबाहीका लागि केन्द्रमा पठाएका छौं,’ उनले भने, ‘केन्द्र निर्देशनअनुसार काम कारबाही अगाडि बढ्ने छ।’ त्यस्तै, विभिन्न विद्यालयका व्यवस्थापन समितिले काम नगरेको, नियम विपरीत काम गरेकाले व्यवस्थापन समितिका अध्यक्षलाई कारबाहीका सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो।

गौतमका अनुसार सिफरिसमा परेका विद्यालय व्यवस्थापन समितिले गठन भएको लामो समयसम्म काम नगरेका र शिक्षा नियमावली विपरीत काम गरेको पाइएको छ।