सांसद होस वा ठूलै नेता, समय काम गर्दैन भने कारबाही हुन्छ: गृहमन्त्रीले

२३ जेठ,काठमाडौं/ गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी काण्डमा एक पछि अर्को नयाँ तथ्यहरु खुल्ने क्रम जारी रहेको बताउनु भएको छ ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले साढे ३३ किलो सुन तस्करी काण्डमा संलग्नहरु एकपछि अर्को पक्राउ परिरहेको जानकारी दिनुभयो ।

थापाले तस्करीको जरा सम्म पुग्ने गरी अनुसन्धान जारीरहेको बताउनु भयो । ‘सुन तस्करीको अनुसन्धान जारी रहेको छ, माछा मार्ने क्रम जारी छ ।

साना र मझौला माछा परेका छन,’ गृहमन्त्री थापाले भन्नुभयो, अनुसन्धानबाट ठूला माछा पनि पर्न सक्छन ।’

गृहमन्त्री थापाले समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाही गर्ने दृढता ब्यक्त गर्नुभयो ।

कानुन नमान्ने र राज्यलाई धोका दिने ठेकदार नेताका धरधनी, सांसद वा ठूला नेता भए पनि कारबाही हुने उहाँको भनाई थियो ।

‘नेताका घरधनी होस कि सांसद होस वा ठूलै नेता किन नहोस, कानुन मान्दैन, राज्यलाई धोका दिन्छ र समयका काम गर्दैन भने कारबाही हुन्छ,’ गृहमन्त्रीले भन्नुभयो ।

ठेकेदारले समयमा काम पूरा नगरेमा वा ठेक्काको अवहेलना गरेमा त्यसलाई सरकारले गैरकानुनी र ठगी ठान्ने भन्दै सबैलाई कारबाही हुने उहाँको भनाई थियो ।

‘समयका काम नगर्ने ठेकेदार जतिसुकै पावरफुल होस कार्वाहीबाट जोगिदैन, तस्करीको जालोमा रहेकाको हकमा पनि यही नीति हो,’ थापाले भन्नुभयो ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा समृद्धि रोक्नका लागिअस्थिरता फैलाउन खोज्ने शक्तिहरुलाई सरकार र जनता दुबैले पहिचान गरिसकेको बिप्लव राज्यदोही शक्ति, सीके राउत अतिवादी र हिन्दु धर्मको नाममा चलखेल गर्नेहरु संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्ति हुन