बझाङको छबिसमा जीप दुर्घटना ३ जनाको मुत्यू ५ जना घाईते

Photo : File

२४ जेठ,बझाङ/  बझाङको छबिस पाथीभेरा गाउँपालिका वडानम्बर ४ मा बुधबार साँझ ६ बजे से १ ज ८३७ नम्बरको जीप सडकबाट करिब १ किलोमिटर तल खसेर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा जीपमा सवार बझाङकै ३५ वर्षीय विरेन्द्र सिंह, उनकी श्रीमती ३५ वर्षकी ज्वाला सिंह र जीप चालक बझाङ केदारसिंयु गाउँपालिका–१ का ३५ वर्षीय लाल बहादुर भण्डारी रहेका छन्।
सिंह दम्पत्तिको घटनास्थलमै र चालक भण्डारीको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।