२४ जेठ,अछाम/ जिल्ला प्रशासन कार्यालयले सम्झौताअनुसार काम नगर्ने १० निर्माण कम्पनीको विवरण गृह मन्त्रालयमा पठाए पनि अछाम दरबार पुनर्निर्माणको ठेकेदारको विवरण भने पठाएको छैन।
०६५ असार २४ बाट दरबार पुनर्निर्माणको काम सुरु गरि ०६७ मा सम्पन्न गरिसक्ने थियो। तर, अहिलेसम्म आधा मात्रै काम भएको छ। दरबार पुनर्निर्माणको ठेक्का सुरुमा राजेन्द्र, साउद, तुल्छीदुर्गा, बडीमालिका र कुँवर गरी पाँच निर्माण कम्पनीले लिएको थियो।
तर, कुँवर कम्पनीका सञ्चालक मीनबहादुर कुँवरका नाममा अख्तियारी आएपछि काम गर्न नसक्दा अरू निर्माण कम्पनी केही रकम लिएर बाहिरीएका थिए।
यसपछि राजेन्द्र र साउद कन्स्ट्रक्सनले ठेक्काको जिम्मेवारी लिएको छ। २ करोड २५ लाख ७३ हजार ६४५ रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता अनुुसार कम्पनीले हालसम्म ९० लाख रुपैयाँ लिइसकेको छ। रकम लिए पनि काठ अभावका कारण निर्माण कार्य अगाडि बढाउन नसकेको साउद कन्स्ट्रक्सनका जयबहादुर साउदले बताउदै आएका छन ।
अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार आचार्यका अनुसार दरबार निर्माण सम्झौताको म्याद असार मसान्तसम्म भएकाल विवरण नपठाइएको बताउँछन्। प्रमुख जिल्ला अधिकारीले सम्झौतालाई कारण देखाए पनी निर्माणकोे जिम्मा लिएको कम्पनीको विवरण शहरी तथा भवन निर्माण कार्यालय दिपायलबाट आउन ढिलाई भएकाले गृह मन्त्रालयमा नपठाइएको जिल्ला प्रशासनका कर्मचारीहरु बताउँछन्।
यी हुन् काम समयमा नगर्ने ठेकेदार र कम्पनी
गृह मन्त्रालयमा पठाइएका १० ठेकेदार कम्पनीमध्ये आठ वटा कम्पनीले सडकको र दुई वटाले पुल निर्माणको जिम्मा लिएका छन्।
जयश्री वैद्यनाथ कन्स्ट्रक्सन स् साँफे–चौखुट्ट–मंगलसेन–मार्तडी सडक निर्माण।
एसएच कन्स्ट्रक्सन स् साँफे–चौखुट्टे–मंगलसेन सडक निर्माण।
केएम निर्माण सेवा स् साँफे हाटबजार सडक निर्माण।
न्यू कालभैरव कन्स्ट्रक्सन स् साँफेबगर–मंगलसेन सडक मर्मत।
डीआर निर्माण सेवा स् चौखुट्टे–साँफे सडक मर्मत र साँफे–मार्तडी सडक मर्मत।
दिल कन्स्ट्रक्सन स् जयगढ–रामारोशन सडक र मंगलसेन–जुपु–कालागाउँ–रामारोशन सडक निर्माण।
एनकेरनन्देगडारतुल्सीरदुर्गा ९संयुक्त० स् चित्रे–बुढीगंगा पुल निर्माण।
राजेन्द्र स्वार र साँउद कम्पनी स् विराबगर बुढीगंगा पुल निर्माण।
भक्तपुरमा ६ निर्माण कम्पनी र व्यवसायीलाई कारबाही सिफारिस
यसैगरी समयमा काम सम्पन्न नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले नौ वटा योजनाका ६ निर्माण कम्पनी र व्यवसायीको विवरण गृहमन्त्रालय पठाएको छ।
गृहको निर्देशनअनुसार समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनी र व्यवसायीको विवरण पठाएको हो। प्रशासनले विकास निर्माण कार्यसँग सम्बन्धित विषयगत कार्यालय– सडक डिभिजन कार्यालय भक्तपुर, शहरी विकास तथा भवन निर्माण विभाग, भक्तपुर र चाँगुनारायण नगरपालिकाले पठाएको विवरणका आधारमा समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनी र व्यवसायीको विवरण गृहमा पठाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।
प्रशासनले पठाएको विवरणमा एकै निर्माण व्यवसायीका तीन आयोजना समयमा सम्पन्न नभएको देखिएको छ। भक्तपुरको सूर्यविनायक–७ गुण्डुका निर्माण व्यवसायी दिपक रानामगरका तीन वटा आयोजना अधूरो रहेको हो। उनको निर्माण कम्पनी लोहनी एण्ड ब्रदर्स्लालीगुराँस निर्माण सेवा जेभीले ठेक्का लिएको चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण, कमलविनायक बसपार्क भत्केपाटी सडक योजना र पेप्सीकोला सल्लाघारी भक्तपुर नगरकोट व्यासी सल्लाघारी दरवार स्क्वायर सडक योजना समयमा सम्पन्न नभएको हो।
त्यसैगरी निर्माण ढिलाइ गर्ने शैलुङ कन्ट्रक्सनका शारदा अधिकारी, काठमाडौंको धापाखेलस्थित शाह इञ्जिनियरिङ कन्ट्रक्सन प्रालिका सञ्जीव शाह, सुनौला खिम्ती कन्ट्रक्सनका भीमसेन भण्डारी, लामा विल्डर्स्साल्पा शेर्पा्जयबाबा गोरखा जेभीका श्यामकुमार श्रेष्ठ र श्री वर्ल्ड वाइड्विष्णु जेभी काठमाडौंका विष्णु लामालाई पनि कारबाही सिफारिस गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरधनी समेत रहेका शारदा अधिकारीको शैलुङ्ग कन्ट्रक्सनले भक्तपुरको कमलविनायकदेखि नगरकोट पुग्ने सडकको ठेक्का लिएको थियो। २०७१ जेठमा सडक निर्माण शुरु गरेको शैलुङले २०७३ को असारभित्र निर्माण पूरा गर्नुपर्ने थियो। तर १६ किलोमिटर सो सडकको निर्माण हालसम्म पूरा भएको छैन। उक्त सडक भारतको एक्जिम बैंकले करिब २८ करोड रुपैयाँ आर्थिक सहयोग निर्माण भइरहेको हो।
सञ्जीव शाहको धापाखेलस्थित शाह इञ्जिनियरिङ कन्ट्रक्सनले चाँगुनारायण–२ स्थित दुवाकोट स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको थियो। भीमसेन भण्डारीको सुनौला खिम्ती कन्ट्रक्सनले लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्डनेचर स्कुलसम्मको सडक निर्माण र हनुमन्ते खोला अरनिको राजमार्ग बप्पा पाटी विहार बहाखाबजार सडक निर्माणको ठेक्का पाएकोमा दुई वटै योजना अधुरो रहेको छ।
लामा विल्डर्स्साल्पा शेर्पा्जयबाबा गोरखा जेभीका श्यामकुमार श्रेष्ठले निर्माण जिम्मा लिएको मनोहरा पुल इन्द्रायणी साँखु सडक योजना र श्री वर्ल्ड वाइड्विष्णु जेभी काठमाडौंका विष्णु लामाले ठेक्का पाएको ठिमी चारदोबाटो बालकोट चोक सडक निर्माणको कार्यपनि अधूरै छन्।
हाम्रो संरचना । २४ जेष्ठ २०७५, बिहीबार ०९:४१