कालीकोटको गगने खोला र पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो, सडक खुल्ने-बन्द हुने क्रम जारी, यात्रुहरु मर्कामा

२५ जेठ, कालिकोट/ कर्णाली राजमार्ग अन्र्तगतको शुभकालिका गाउँपालिका वडा नम्बर १ को गगने खोलामा पहिरो आउँदा शुक्रबार ==बिहान ४ बजेदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

विगतदेखि नै पहिरो खस्ने गगने खोलामा शुक्रबार बिहान पुनः पहिरो आउँदा अवरुद्ध भएको हो।

कर्णाली राजमार्ग अवरुद्ध हुदाँ जुम्ला, कालिकोटबाट नेपालगंज र सुर्खेतका लागि छुटेका सवारी साधन तथा मालबाहक ट्रक बीच बाटोमा राकिनु साथै यात्रुहरुलाई सास्ती भएको छ।

पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक कार्यालयका कालिकोटका प्रमुख नन्दराम जैसीले बताए। ‘गगनेखोलामा बिहान ४ बजेतिर गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ।’ उनले भने, ‘अवरुद्ध राजमार्ग अहिले खुलाउने प्रयास भइरहेको छ।’

त्यसैगरी शुक्रबार बिहा बुटवल पाल्पा नी सडक अबरुद्ध भएको छ । सामन्य झरी आएपनी पहिरो खसेर अवरुद्ध हुने गरेको उक्त उक्त सडक खण्डको सडक निर्माणमा सम्वन्धीत निकायले खासै चासो देखाउने गरेको छैन । त्यसको कारण बर्षेनी सडक मर्मत र पहिरो पन्४याउने नाममा चलखेल गर्न पाईने भएकाले पनी कर्मचारीहरुले पनी खासै चासो देखाएका छैननन ।