बांकेको खजुरा, बिरपुरबाट तस्करीको काठ पक्राउ

४ असार, नेपालगञ्ज/  जिल्ला प्रहरी कार्यालय बांकेको मातहतको निकायले सोमबार दिउसो करीब ३ बजे बांकेको खजुरा गाउंपालीका वडा नम्बर १ बिरपुरमा करीब २ सय ३० क्यू फिट सालका गोलीया काठ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बांकेको सूचना कक्षका अनुसार केही समय देखी स्थानिय काठ तस्करी भईरहेको सुचनाका आधारमा चेक जांचको क्रममा बिभिन्न ठाउंको जंगलबाट कटान तथा मुछान गरि चिरानको अवस्थामा तयारी अवस्थामा रहेको सालको काठको ३३ वटा गोलीया पक्राउ गरिएको हो ।

पक्राउ परेको काठको कच्चा मुल्य करीब ६ लाख रुपैया रहेको काठ ब्यवसायी स्रोतले बताएका छन ।
खजुरा गाउंपालीकाको बिरपुर कै इन्द्र भन्ने ब्यक्तीको आंपको बगैचामा बेवारिसे अवस्थामा पक्राउ गरिएको उक्त काठ आवश्यक अनुसन्धान तथा कार्बाहीका लागी सम्वन्धीत निकाय जिल्ला बन कार्यालय बांकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।