उपभोक्ता ठगी गर्ने जय बागेश्वरी पेट्रोल पम्पमा सरकारी अनुगमन समिति द्वारा सिलबन्दी

४ असार, नेपालगञ्ज/  जिल्ला अनुगमन समिति बांकेले नेपालगञ्ज उप महानगरपालीका वडा नम्बर १६ को भन्सार गेट नजिकै जयसपुर, सुर्खेत रोडमा सञ्चालनमा रहेको जय बागेश्वरी आयल स्टोर्सको पम्पमा सिलबन्दी गरेको छ
पम्पमा बिक्री बितरण प्रणालीको निरिक्षण तथा अध्ययन अनुसन्धानको क्रममा पेट्रोलियम पदार्थ बिक्रीमा कम मापन गरि बिक्री गरेको पाइएको जिल्ला अनुगमन समितिले जनाएको छ ।

अनुगमन समितिको अध्यक्ष समेत रहने जिल्ला प्रशासन कार्यालय बांकेका तर्फबाट सहभागी अनुगमन सदस्य प्रशासकिय अधिकृत खगेन्द्र पौडेलले बताउनु भएको छ ।

पौडेलका अनुसार नेपाल र भारतको सिमा क्षेत्र नजिक सञ्चालनमा रहेको उक्त पेट्रोल पम्पलाई बिभिन्न समयमा सम्वन्धीत निकाय आयल निगमको बिभिन्न परिपत्रहरुको समेत अवज्ञा गरि बिधि र पक्रीया पुरा नगरि पेट्रोल पम्प सञ्चालन गरिरहेको जन सुचना आइरहेकोमा सोमबार अनुगमन गर्दा बिक्रीमा समेत ठगी गरेको पाइएको जानकारी दिनु भयो ।

उक्त पम्पमा मेशिनमा गडबढी गरि प्रती १० लिटरमा ४० एमएल पेट्रोलियम पदार्थ कम गरि उपभोक्तालाई बिक्री गरिएको र नेपाल भन्दा भारतमा बर्तमान अवस्थामा पेट्रोलियम पदार्थको मुल्य बढी रहेको अवस्थामा आयल निगमले परिपत्र गरेको नियम बिपरित पेट्रोलियम पदार्थ भारत तर्फ तस्करीको सहयोग गरेको बिषयमा समेत छानबीन गरि सञ्चालकलाई कार्बाहीको दायरामा ल्याउने सम्वन्धीत पक्षहरुले बताउनु भएको छ ।

पेट्रोल पम्पहरुको मेशिनहरमा बिशेष खालको चिप्स प्रयोग गरेर अंकमा भन्दा कम पेट्रोल दिएर बिक्री गर्ने गरेको बिषयमा यस अघि जिल्ला अनुगमन समिति बांकेले कोहलपुरको चप्पर गौडी स्थित कनोडिया पेट्रोल पम्पका मालीकले कारागारको हावा खाएर केही समय अघि मात्र छुटेको थिए ।

जिल्ला अनुगमन समितिले गत महिनाको कार्यालय प्रमुखहरुको मासिक महिनाको कार्यप्रगती तथा समिक्षा बैठकमा बिभिन्न क्षेत्रबाट खाद्य तथा अखाद्यय क्षेत्रमा सशक्त अनुगमनको आवश्यक्ता रहेको भन्ने उपभोक्ताहरुको समेत जनगुनासोलाई सम्वोधन गर्दै जिल्लामा अनुगमनलाई प्रभावकारी बनाउने बैठकले निर्णय गरेको थियो ।

जिल्लामा नुन देखी सुन सम्मको मुल्य र गुणस्तर तथा उपभोक्ताहरुको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने पानी देखी दुध सम्मको गुणस्तरको अध्ययन तथा अनुगमनको आवश्यक्ता रहेको उपभोक्ताहरुले आवाज उठाउदै आएका छन ।