जमुनहा–डोल्पा भेरी कोरिडोर छिन्चु,-जाजरकोट–डोल्पा सडक निर्माणमा नेपाली सेनाको तीव्रता सँगै त्रिदेशीय सडक पारवहन सहज हुने

# हेमन्त केसी #
६ असार,जाजरकोट/ राष्टिय गौरवको आयोजनाको रुपमा रहेको जाजरकोट डोल्पा निमार्णधीन सडक २ किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तिकै डोल्पाको सदरमुकाम दुनैमा यातायातका साधनहरू पुग्नेगरी सडक निर्माण कार्य तिब्रगतीमा भईरहेको छ।
रेखांकन विवादले केही समय अवरुद्ध गरिएको जाजरकोट–डोल्पा सडक निर्माण कार्य २०६६ बाट पुन रेखांकन निर्धारण भई सडक निर्माण कार्य सुरु गरिएको थियो।
भेरी कोरिडोर अन्तर्गत रहेको जाजरकोट डोल्पाको सडक खण्डको ११७।५ किलोमिटर सडक मध्ये ११५।७ किलोमिटर निर्माण कार्य पूरा भएको छ। हालसम्म ११५।७ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भई हलुका सवारी साधन जिप र ट्रयाक्टर सञ्चाईलनमा आइसकेका छन्।
यातायात सञ्चाालनमा ल्याइए सँगै वर्षौ देखिको सडक सञ्जा्लमा जोडिने डोल्पालीको सपना पनि विस्तारै पूरा हुँदै गइरहेको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड नं ५,६ र १ मा पर्ने सिउडेनी चिप्ले भीरदेखि धाउन्ने चुगाडसम्मको दुई किलोमिटर सडकको ट्रयाक खोल्न कडा चट्टान छिचोल्दै सडक निर्माण कार्यलाई नेपाली सेनाले तीव्रता दिएको जनाएको छ।
डोल्पालीले यातायात नहुँदा खेप्नु पर्दै आएको समस्यालाई मध्यनजर राख्दै त्रिवेणी करोपगाड हुँदै खदाङको हरियापानी सम्मको सडक खण्डमा जिप ट्रयाक्टर लगायतका हल्का सवारीसाधन र खदङदेखि चिप्ले भीरसम्मको सडक खण्डमा ट्रयाक्टर सञ्चावलनमा ल्याइएको नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताउन’भएको छ।
डोल्पा भूभागमा पर्ने त्रिवेणी करोप गाड हुँदै खदाङ सम्मको १५ किलोमिटर सडकमा यातायात सञ्चावलनमा ल्याइएसँगै नेपालगञ्ज –डोल्पाको यात्रा समेत छोटिएको छ। निर्माणाधीन जाजरकोट–डोल्पा सडकको चिप्लेभीर देखि धाउन्ने चुगाँडसम्मको बाँकी दुई किलोमिटर चट्टाने भीर खण्डको ट्रयाक खोल्ने कार्य भदौ महिना भित्रमा सम्पन्न गरि असोजको पहिलो सातामा सडकको फिनिसिंङ्ग कार्य सम्पन्न गरेर ०७५ को दशै र तिहारमा त्रिपुरासुन्दरी नगरपालिका हुँदै सदरमुकाम दुनै सम्मलाई राष्ट्रिय सडक सन्जालमा जोडिने नेपाली सेनाले बताएको छ।
नेपालको  दक्षिण सिमा भारतको रुपैडिहा जमुना नाका हुँदै नेपालको उत्तरी चीन सीमा नाका डोल्पाको धोमोरिम्ला सम्मको सडकलाई भेरीकोरिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राखिएमा त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु जाजरकोट–डोल्पा सडक त्रिदेशीय महत्वको सडकको रुपमा रहेको छ।
जडीबुटीको भण्डारको रूपमा रहेको डोल्पामा सडक सञ्जाशलमा जोडिएमा जडीबुटी निर्यातमा सहज भई डोल्पालीहरूको जीवनशैली आर्थिक सम्वृद्धितर्फ लम्किने कर्णाली प्रदेश सभासद वदमीक्वारा बुढाको भनाइ छ।
प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि प्रचाररप्रसार र यातायातको अभावमा ओझेलमा परेको शे–फोक्सुण्डो ताल श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिर समेत रहेकाले सडक सञ्जाल पुगेपछि भारतीय तथा तिब्बतीयन पर्यटकहरू डोल्पामा आगमन हुने विश्वास स्थानीयहरुको रहेको छ।
अब पनी ५ वटा ठूला र ५ ओटा साना गाढी चल्न सक्ने पुल नबने सम्म डोल्पालीको सडक बनेपनि सहज यात्रा हुन नसक्ने अवस्ता रहेको छ।
जाजरकोट सडक खण्डमा सडक निर्माण भई १२ महिना सडकमा यातायातका साधनहरू सञ्चालनमा आएपनि उक्त सडक विभागको जिम्मा अहिले सम्म लगाएको छैन।
चीन र भारतलाई भेरी कोरिडोरले जोड्ने भारतीयको रुपैडिया जमुनाहदेखि सुरु भएको यो सडक डोल्पाको धो–मरिम्ला चीनको सिमाना सम्मा पुग्ने छ। यो सडक त्रिदेशीय रुपमा विकास गर्न सबैभन्दा उत्तम मार्ग पर्दछ।
कर्णाली प्रदेशको सवै भन्दा महत्वपूर्ण सडकको रुपमा रहेको यो सडक निर्माण कार्य पूरा भएसँगै यहाँको समृद्धिसँग पनि जोडिनेछ।
भौगोलिक रुपमा टाढा र सामग्रीको मूल्यभन्दा ढुवानीको मूल्य बढी तिनर्’पर्ने भएकाले डोल्पालाई राज्यले धेरै लगानी गर्नुपर्ने र अहिले पनी सिटामोल नपाएर अकालमै ज्यान गुमाउने डोल्पालीको संख्या ठूलो रहेको छ।