पश्चिम रुकुमको माग्ममा दाजु रुद्रेले अंश माग्ने सहोदर भाई इन्द्रेको टांउकोमा चिरपट प्रहार गरि हत्या


७ असार, नेपालगञ्ज/ मध्यपश्चिमको पहाडी जिल्ला पश्चिम रुकुमको बांफिकोट गांउपालीका वडा नम्बर ६ ठुली बार्खु निवासी ५२ बर्षिय रुद्रे पुन मगरले बिहिबार बिहान करीब ३ बजे आफनै सहोदर भाईलाई चिरपटले टांउकोमा प्रहार गरि हत्या गरेका छन ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार बांफिकोटका ठुली बार्खु निवासी सहदोर दाजु–भाई रुद्रे र निजका भाई जोख बहादुर भन्ने इन्द्रे बीच केही समय देखी अंश विवादमा मुद्धा चलिरहेको थियो ।

सोही अंशको बिषयलाई लिएर दुबै भाई बुधबार दिउसो रुकुमको सदरमुकाम खलंगा गएर फर्कने क्रममा बांफिकोट गांउपालीका वडा नम्बर ६ मग्मा स्थित निजकै नातेदार डिल्ली पुनको घरमा बास बसेका थिए ।

बास बसेकै घरको एउटैकोठामा सुतेका सहदोर दाजुभाइ रुद्रे र इन्द्रे बीच विवाद बढदै जांदा दाजु रुद्रेले रिसको झोकमा कोठामै भएको दाउराको चिरपटले टांउकोमै प्रहार गर्दा इन्द्रेको मुत्यू भएको घटना विवरण उल्ल्ेख गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्ट घटना पश्चायत भाईको हत्या गर्ने रुद्रेले घटना विवरण सहित बिहिबार बिहा करीब साढे ८ बजे जिल्ल प्रहरी कार्यालयमा आत्मसर्मपन गरेको जिल्ला प्रहरी कार्यालयले आफनो फेसबुकमा समेत सार्वजनिक गरेको छ ।