१० असार, नेपालगञ्ज/ नेपालगञ्ज उप–महानगरपालीकाको तेस्रो नगर सभा आईतबार देखी भेरी प्राबिधिक शिक्षालयको सभाहलमा सुरु भएको छ ।
नगर सभा बस्ने र बसाल्ने मिति देखी निति तथा कार्यक्रमहरुका बिषयमा जनप्रतिनिधिहरु बीच नै बिवास्पद छलफल संगै सुरु भएको नगर सभामामा आगामी आर्थिक बर्ष २०७५/०७६ का लागी निति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
नेपालगञ्ज उप महानगरपालीकाका प्रमुख धवल शम्शेर राणाले गत आर्थिक बर्ष २०७४/०७५ झै यस बर्ष पनी सोही लिपि बद्ध शिर्षकमा केही शिर्षकमा परिवर्तन गरि पैसा कसरी उठाउने र भौतिक बिकास कसरी गर्ने भन्ने बिषयमा आफना नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
प्रमुख राणाले प्रस्तुत गर्नु भएको ४ पेज रहेको उप महानगरपालीकाको नीति तथा कार्यक्रममा भवन निर्माण आचार संहिता,स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन, सूचना तथा सञ्चार, बिपद ब्यवस्थापन, सामाजिक बिकास र सु–शासन तथा संस्थागत विकास शिर्षकमा नगरका सबै नीति तथा कार्यक्रम समेटनु भएको छ ।
पुराना सोच र ब्यवहारमा परिवर्तन हुन नचाहने कर्मचारीहरुको ब्रचश्व रहेको आभास झल्कने नीति तथा कार्यक्रममा नगर प्रमुख धवलले आफनो सम्बोधनको कुनै पनी ठाउंमा जनप्रतिनिधिलाई सम्बोधन गर्नुभएको छैन भने बाचन गर्दा पनि बेला–बेलमा अडकिएर पढनाले गत बर्ष नीति तथा कार्यक्रमको शिर्षकहरु मात्र हेरफेर गरि छांटकांट गरेर मिलाएर प्रस्तुत गएिको छ ।
त्यसैगरि उप–प्रमुख उमा थापा मगरले आर्थिक बर्ष २०७४/२०७५ को बजेटको कार्य प्रगतीको आधारमा आर्थिक बर्ष २०७५/०७६ को अनुमानीत बजेट नगरसभामा प्रस्तुत गर्नुभएको छ ।
मगरले नगर सभामा गत बर्षको कार्यप्रगतीको आधारमा यस आर्थिक बर्ष २०७५/०७६ मा चालु तथा पूंजीगत गरि कुल २ अरब ४३ करोड २ लाख ६३ हजार ३६ रुपैयाको बजेट प्रस्तुत गर्नुभएको छ ।
नेपालगञ्ज उप–महानगरपालीका २३ वटा वडाहरुमा गरि कुल १ सय २१ जना नगरसभाका सभासदहरु रहेका छन भने त्यसको सहयोगी सञ्चालनका लागी कर्मचारीहरु खटिएका हुन्छन ।
आर्थिक बर्ष सकिनै लाग्दा पनी उपभोक्ता मार्फत बिभिन्न ठाउंमा निर्माण कार्य भैरहेको अवस्थामा लेखा प्रशासनको सुचनाका आधारमा सम्पन्न नभएका योजनाहरुको समेत उपभोक्ता समितिको नाममा खोलिएको खातामा पैसा पठाएर यर्थात खर्च विवरण नहुदै चालु खर्च २० करोड ३३ लाख ९२ हजार र पुंजीगत खर्च ३२ करोड ३४ लाख ६ हजार गरि ५२ करोड ६७ लाख ९८ हजार रुपैया खर्च भएको बिवरण प्रस्तुत गर्न लगाइएको लेखाकै जानकार स्रोतले बताएको छ ।
नगरसभामा प्रस्तुत बजेट र नीति तथा कार्यक्रमहरु नगरको असार ९ गते बसेको बोर्ड बैठकले पारित गरि नगर सभामा प्रस्तुत गरिएको रिपोर्ट बन्द सत्रमा दिएपनी नगरका बोर्ड सदस्य रहेका अध्यक्षहरुलाई सामन्य हाजीर गराएर कर्मचारी तथा केही ब्यक्तीहरुको मिलेमतोमा निर्णयहरु प्छाडी चप्काउने कार्य गलत भएको भन्दै असार ९ गते बसेको बोर्डको बैठकको निर्णय पुस्तिका समेत बोर्ड सदस्यहरुले माइन्युटमा काटेर छलफल र पारित भएपछी मात्र निर्णयहरु लेख्न दवाद दिएका थिए ।
आईतबार सुरु भएको बोर्डको बैठक आपसी सौहर्दता र केही खन्चुवा कर्मचारीहरुको कुटिलताका कारण नगरसभा केही दिन लम्बीन सक्ने सभा सदस्यहरुले बताएका छन । नगरसभामा नगरका बिभिन्न तह तप्काका कर्मचारीहरुको समेत उपस्थित रहेको थियो ।
नेपालगञ्ज उप महानगरपालीकामा नगर प्रमुख डा. धवल शम्शेर रााणले प्रस्तु गर्नुभएको नीति तथा कार्यक्रमहरु:
नेपालगञ्ज उप महानगरपालीकामा नगर उप प्रमुख उमा थापा मगरले प्रस्तु गर्नुभएको अनुमानीत बजेट:
हाम्रो संरचना । १० असार २०७५, आईतवार १४:०३