नेपालगञ्ज भन्सारमा नक्कली प्रज्ञापन काण्ड: अर्थ मन्त्रालय, भन्सार र राजश्व बिभागबाट सुक्ष्म छानबीन जारी, केही कर्मचारी र समान बोक्ने ट्रक नियन्त्रणमा, केही अभियुक्त ब्यक्तीहरु फरार

१२ असार, नेपालगञ्ज/ नेपालगञ्ज भन्सार कार्यालयको प्रज्ञापन पत्र तथा समान खरिदको बील नक्कली बनाएर राजश्व छली गरि समान अयात गर्न प्रत्यक्ष कार्य गर्दै आएका ब्यक्तीहरुको सम्पर्कमा रहेको ब्यक्तीहरुको लाखौं मुल्य बराबरको समान नेपालगञ्ज भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

काठमाण्डौं निवासी बीरेन्द्र गुप्ता र बिहारी भन्ने उनका सहयोगी मिलेर बिगत ८ महिना देखी नेपालगञ्जको न्यूरोडमा रहेको कलपत्रु होटलमा बसेर बिभिन्न ब्यक्ती तथा फर्महरुको सामानहरुको बिल तथा प्रज्ञापन पत्र नक्कली बनाएर भन्सार पास गराई समान सप्लाई गर्ने गरेका थिए ।
गत बिहिबार काठमाण्डौंको कंलकीमा पाउडर दुध बोेकेको ट्रक पक्राउ परेपछी उक्त घटनाको भन्सार बिभाग तथा मन्त्रालयबाट छानबीन गर्ने क्रममा तस्करी कार्यमा संलग्न ब्यक्तीहरुले भन्सारको यार्ड (कम्पाउण्ड)  समानहरु राखेको र हाल फरार भएकाले समान नियन्त्रणमा लिएको हो ।

भन्सारमा केही कर्मचारी,एजेन्ट तथा ब्यापारीको मिलेमतोमा भन्सारमा नक्कली बील तथा प्रज्ञापनपत्र बनाएर ठुलो मात्रामा राजश्व छलीका बिषयमा छानबीन लागी नेपाल सरकारको राजश्व अनुसन्धान बिभागले बिभागका निर्देशक दिर्घराज मैनालीको प्रत्यक्ष निगरानीमा बिशेष अनुसन्धानका लागी एक उच्च स्तरिय रुपमा छानबीन गरिरहेको जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयबाट राजश्व छली गरि समान आयात गर्ने कार्य भएको घटनालाई अर्थ मन्त्रालय देखी भन्सार बिभाग सहित राजश्व अनुसन्धान बिभाग अति सम्बेदनशिल भएर सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान बिभागका निर्देशक दिर्घराज मैनालीले हाम्रो संरचनालाई बताउनु भयो ।

बिभागले नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत आशंकित कर्मचारीलाई बोलाएर बयान लिने कार्यका साथै भन्सार छलीमा प्रत्यक्ष सहभागी अभियुक्त ब्यक्तीहरुको खोजी कार्य जारी राखेको र छानबीन टोली घटना क्षेत्रकै पेरीफेरीमा रहेर सुक्ष्म अनुसन्धान जारी राखेको बताउनु भयो ।

अनुसन्धानको क्रममा राजश्व छली सहित गैर कानुनी कार्यलाई अपराधको रुपमा कानुनले ब्याख्या गरेकाले अपराधीहरुलाई छानबीन गरेर कानुनी दायरामा ल्याउने कार्यमा बिभागले कुनै कसर नछोडने मैनालीले बताउनु भयो ।

छानबीनको क्रममा कंलकीमा पक्राउ परेको ट्रक तथा चालकलाई नियन्त्रणमा लिएर आवश्यक थप अनुसन्धान गर्दे बांकी तस्करीमा संलग्न ट्रक नम्बरहरुको पनी खोजी कार्य जारी रहेको, जसमा केही पत्ता लागी सकेको र केहीको खोजी जारी रहेको बताइएको छ ।

त्यसैगरी बांकेको कोहलपुर शिबशिखर कृर्षि फर्मले भारतमा तयारी चामल प्याकिंग गरी नेपालगञ्ज भन्सार कार्यालयमा मिलेमतोमा नेपाल तर्फ आयात गरि कोहलपुरमा प्याकिंग गरेको बोरामा लेखि चामल सप्लाई गर्ने गरेको घटनामा शसस्त्र प्रहरीले शंका लागी नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सार कार्यालयलाई कार्बाहीका लागी बुझाएको थियो ।

पक्राउ परेको ५ ट्रक चामल गैर कानुनी भएकाले कार्बाही गर्नुपर्नेमा कोहलपुरमा पक्राउ परेको राजश्व अनुसन्धान टोलीले पक्राउ परेको ट्रकले लोड गरेको चामलमा केही नलेखिएको भनी मिलेमतोमा छोडी सकेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयमा पक्राउ परेका ट्रक भित्र रहेको ४ बोरा चामल फेरी पनी मिलेमतोमा ट्रक भाडामा रहेको देखाएर सोमबार राती चामल भन्सार परिसरमै अनलोड गर्न लगाएर ४ वटै ट्रक आंशकिंत तरिकाले छोडिएको छ ।

गत जेष्ठ २३ गते नेपालगञ्ज भन्सार कार्यालयको नाममा रहेकोे पज्ञापन पत्र नम्बर १५३१५ लाई स्कयानिंग गरि पुन छपाई गरि सोही प्रज्ञापन पत्रलाई बारम्बार भन्सार राजश्व  नतिरेको पत्ता लागेपछी राजश्व छली गरि दुध पाउडर बोकेको ट्रक काठमाण्डौ छिर्नै लाग्दा कंलकी स्थित आन्तरिक राजश्व कार्यालयले छानबीन गर्नेक्रममा ट्रक नक्कली प्रज्ञापन पत्र बनाएर समान सप्लाई गर्ने गरेको पत्ता लागेको थियो ।

दुध भारतको गुजरातबाट आएको र दुधमा बस्तुको परल मुल्य अर्थात प्रतिकेजी २५० भारतिय रुपैया कायम गरि त्यसको ४५ प्रतिशत राजश्व लाग्ने गरेको छ । पक्राउ परेको ट्रक तथा कन्टेनरमा ठुलो मात्रा पाउडर दुध तसकरी मार्फत भित्रिएपछी नेपालको दुधमा मिसावटका साथै किसानका् दुध बिक्रीमा समेत प्रभाव पर्दे आएको छ ।