बर्दियामा अनुगमन सशक्त: ठगीको आरोपमा १४ जना सुन ब्यापारी पक्राउ

१७ असार, नेपालगञ्ज/ सुन देखी नुन सम्म र दुध देखी पानी सम्म मिसावट र गुणस्तर हिन बस्तु तथा सेवाबाट सर्वसाधरण उपभोक्ताहरु ठगिएकोले अनुगमन गरि कार्बाही प्रक्रिया अगाढी बढाउन स्थानिय उपभोक्ताहरुको माग भइरहेकै समयमा बर्दियामा १२ वटा सुन पसलका १४ जना सुन ब्यापारी कार्बाहीमा परेका छन ।

जिल्ला प्रशासन कार्यालय बर्दियाको नेतृत्वमा रहेको जिल्ला स्तरिय अनुगमन समितिले बर्दिया जिल्लाको बिभिन्न ठाउंमा रहेका सुन पसलहरुको आकस्मिक अनुगमन गर्दा मापदण्ड भन्दा झण्डै ८ प्रतिशतले सुनमा मिसावट पाइएकोले हाल सम्म १४ जना सुन ब्यापारीलाई नियन्त्रणमा लिएर कार्बाही प्रक्रिया अगाढी बढाएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग  बिभिन जिल्ला हुदै केही दिन अघि मात्र बर्दियामा सरुवा भएर आउनु भएको हो ।

जिल्लामा आएको लगत्तै उपभोक्ताहरु ठगिने गरेको गुनासो आएको सुनको पसलमा बिक्रीका लागी तयारी अवस्थामा रहेका गहनाहरुको गुणस्तरलाई चुस्त दुरुस्त बनाई उपभोक्ताहरुको हितमा ध्यान दिन अनुगमनको थालनी गरिएको बताउनु भएको छ ।

नेपालगञ्जमा भने अनुगमन अघि सुनका ब्यापरीहरुको संघ/संस्थालाई खबर गरि जाने रणनिती प्रशासनले बनाएकोमा समितिका जिम्मेवार ब्यक्तीले नै सबै पसलमा फोन गरि अनुगमन आउन लागेकोले मिसावटयुक्त समान हटाउन लगाएर केही ठाउंमा अनुगमन गरे जस्तो गरिएको थियो भने केही ब्यापारीले सटरु बन्द गरेका थिए ।

बर्दियामा कार्बाहीमा परेका सुन पसल र ब्यक्तीहरु निम्न बकोजिम रहेका छन ।