२२ असार, मुस्ताङ/ रोजगारीको लागी हिमाली जिल्ला मुस्ताङको बिकट क्षेत्र लो घ्याकर दामोदर कुण्ड गाउँपालिका वडानम्बर ३ स्याङ्बोचेमा बुक्रबार मजदुर बोकेको टिपर दुर्घटना हुँदा मृत्यु २० जना मजदुरको दुखद निधन भएको छ भने १२ जना मजदुर गम्भीर रुपले घाइते भएका छन ।
उक्त दुर्घटनामा मृत्यु हुनेहरु:-
दाङ: बाल कुमार घर्ती, सुवेर चौधारी, कविता घर्ती मगर, शान्ति थापा, कमल बुढा, गुरूदत्त थापा
रोल्पा: मौसम घर्ती, सुकमान रोका, महेश रोका, रामकुमार पुन, सोन्तु घर्ती , सृजना मगर , जीतमाया घर्ती , राष्ट्र रोका,
धादिङ: सुजन घलान ,
सिन्धुली: जीवन माझी,
कैलाली: विन्ती रोका, विनिता घर्ती,
कपिलवस्तु: कमानसिं रोका,
स्यागंजा: कृष्ण क्षेत्री रहेका छन्।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार दुर्घटनाका घाइते मध्ये विवेक माझी, विमल घर्ती र निरज पुनलाई एयर डाईनेष्टीको हेलिकोप्टरबाट र बाँकी घाइते तथा मृतकहरुलाई दुर्घटनास्थल नजिकै स्याङ्बोचेबाट MI-17 हेलिकोप्टरबाट उद्धार गरी पोखरा ल्याईएको छ।
मुस्ताङका प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्काका अनुसार शुक्रबार जोमसोम देखि ५० किमि उत्तर घिलिङ नजिकै दिउँसो २ बजे जोमसोम–कोरला सडक खण्डको घिलिङ नजिक बिहानको खाना खाएर कार्यस्थल फर्कदै गरेका मजजुर बोकेको बा २ ख २२१९ नम्बरको टिपर सडकबाट खसेर दुर्घटनामा परेको थियो।
कालीगण्डकी करिडोर अन्तर्गत जोमसोम–लोमन्थाङ्ग सडक खण्डको ५० किमि सडक निर्माणका लागी गएका मजदुर बोकेको टिपर सडकबाट खसेको घटना प्रत्यक्ष दर्शीलाई उल्लेख गदैप्रहरीले जनाएको छ।
आफनो र बालबच्चाहरुको लालनपालनका लागी मजदुरी गर्न गएका सर्वसाधरणहहरको उक्त दुर्घटनामा दुखद निधन भएको छ ।
हाम्रो संरचना । २३ असार २०७५, शनिबार ०४:५५