२३ असार/ विश्वकप क्वाटर फाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियम सँग पराजित भएको छ। ब्राजिललाई बेल्जियमले २-१ गोल अन्तरले पराजित गरेको हो। ब्राजिललाई पराजित गर्दै बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेको छ।
बेल्जियमले यसअघि ब्राजिललाई ५५ वर्ष पहिले पराजित गरेको थियो । यसअघि ब्राजिल सन् १९६३ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमसँग पराजित भएको थियो। त्यसयता भएका भेटमा सधैँ ब्राजिलले बाजी मार्दै आएको थियो। ब्राजिलले २-१ अवस्थामा खेललाई ल्याएपनि जीत निकाल्न सकेन।
ब्राजिलकालागि रेनाटो अगुस्टोले खेलको ७६औँ मिनेटमा एक गोल गरेका थिए। ब्राजिलले पहिलो हाफमा दुई गोल खान पुगेको थियो। म्यान अफ द म्याच बनेका बेल्जियमका केभिन ब्रुएनीले ३१औँ मिनेटमा गोल गर्दै उसको अग्रतालाई दोब्बर पारेका थिए। पहिलो गोल भने बेल्जियमलाई उपहार मिलेको थियो। ब्राजिलका फर्नान्डिनोले आत्माघती गोल गरेर बेल्जियमलाई अग्रता दिलाएका थिए।
बेल्जियमले पाएको कर्नर बचाउन खोज्दा फर्नान्डिन्होले बललाई आफ्नै पोष्टमा पुर्याएका थिए। खेलको १३औँ मिनेटमा उनले आत्मघाती गोल गरेका थिए। खेल अवधिमा ब्राजिलले गोल गर्ने राम्रा अवसर सिर्जना गरेपनि तिनलाई बेल्जियमको रक्षापंती र गोल किपरले विफल पारिदिएका थिए। फाइनलमा पुग्न अब बेल्जियमले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
त्यसैगरी शुक्रबार नै भएको पहिलो खेलमा विश्वकप २०१८ को सेमिफाइनलमा पुग्ने पहिलो देश फ्रान्स बनेको छ। फ्रान्सले उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो। क्वाटर फाइनलको पहिलो खेलमा उरुग्वे र फ्रान्स खेलेका थिए। जसमा फ्रान्सका एन्टोनियो ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा विजयी प्राप्त गर्यो। फ्रान्सका एन्टोनियो ग्रिजम्यानले खेलको ६१ औँ मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।
पहिलो गोलका रुपमा फ्रान्सका राफेल भारानेले हेड मार्फत गोल गर्दै गोल गरेका थिए। एन्टोनियो ग्रिजम्यानले कर्नरबाट दिएको बललाई भारानेले हेड मार्फत गोल गरेका हुन्। उनले खेलको ४०औँ मिनेटमा गोल गरेका हुन्। एक गोल र एक पास मिलाएका ग्रिजम्यान खेलको म्यान अफ द म्याच बने। उरुग्वेका लुइस सुवारेजलाई खेलमा प्रतिस्पर्धीका रुपमा हेरिएको थियो। तर उरुग्वेले एक गोल पनि गर्न सकेन।
हाम्रो संरचना । २३ असार २०७५, शनिबार ०५:३८