नेपालगञ्ज भन्सार पछी भैरहवा भन्सार कार्यालयमा पनी राजश्व ठगीको घटना पत्ता लाग्यो, केही भन्सार कर्मचारी र  एजेन्ट कै संलग्नतामा करोडौं राजश्व हानी, कार्बाही प्रक्रिया फितलो


तेजेन्द्र केसी
२८ असार,बुटवल/  रूपन्देहीको भैरहवा भन्सार कार्यालयमा बिचौलियाहरूको चलखेल करोडौ रूपियाँको भन्सार ढगी गरेको तथ्य फेला परेको छ ।

विभिन्न जुक्ति लगाउँदै करोडौ राजस्व ठगीमा सिनपा- १ बेलहिया निवासी नवराज उपाध्याय  पक्राउ परेका छन् । नक्कली बिल बनाई सामान पास गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

उपाध्यायले अहिले शिव इन्टरप्राइजेजको भ्याट बिलको सिरियल नम्बर एउटै नम्बर धेरै बनाई राजस्व ठगी गरेको खुलेको छ । एउटै सिरियल नम्बर भएको बिल धेरै पटक काटी १५ करोडभन्दा बढीको अवैध कारोबार गरेको राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा उपाध्य शिव इन्टरप्राइजेजका सञ्चालक कमला रसाइली, अजिमा मन्डलाका सञ्चालक शशांक खनालसमेत रहेका छन् । उनीहरू विचौलीय चेलखेल गर्ने शक्तिशाली गिरोहमध्येका रहेको भन्सार कार्यालय उच्च अधिकृतहरूको भनाइ छ ।

कार्यालय प्रमुख नरेन्द्रराज पाण्डेकाअनुसार राजस्व छलीको अभियोगमा उपाध्ययसहित ३ जनालाई पक्राउ गरिएको छ । उनीहरू सबै जना अहिले थुनामा रहेका छन् ।  उपाध्यायले यसअघि भन्सार प्रज्ञापनपत्रमा आलु प्याज घोषणा गरेर नेपालमा प्रतिबन्धित कुखुराको मासु भित्र्याई भन्सार पास गरेको पत्ता लागेको थियो ।

भन्सारका कर्मचारीलाई समेत झुक्याई समान पास गर्न माहिर भन्सार एजेन्ट उपाध्यय र उनका सहयोगी सिनपा ३ का मोहिन लारीलाई भन्सारले लाइसेन्स निलम्बन र दुवै जनालाई जनही ५२ लाख ५८ हजार २ सय ५० रुपियाँ जरिवाना, गाडीको ५ लाख धरौटी र १ वर्ष कैद तोकिएको थियो ।
कर्मचारीको मिलेमोतो र केही भन्सार एजेन्टहरूको सहयोग उपाध्यक्ष जस्ता बिचौलीयाहरूले पटक पटक राजस्व ढगी गर्ने गरेको नेपाल भन्सार ऐजन्ट महासङ्घ केन्द्रीय अध्यक्ष डा. शान्त शर्माले बताउनु भएको छ । “कर्मचारी र हाम्रा केही लोभीपापी भन्सार एजेन्ट कारण यस्ता काम हुन्छन् । यो नेपालमा अन्य भन्सार पनि करिब यस्तै- यस्तै छ सुधार गर्नका लागि हामी सबै लाग्नुपर्छ “।

पटक पटक विभिन्न नक्कली भ्याट बिल बनाउँदै करोडौँ रुपियाँ राजस्व ढगी गरेका उपाध्यायलाई राजस्व कार्यालय बुटवलले घरबाट प्रकाउ गरेको हो । उनलाई प्रकाउ गर्न प्रहरी समेत परिचालित गरिएको थियो । उनले भ्याट बिलको काम धेरै गर्ने भएकाले भन्सार ऐजेन्ड लाइसेन्स विना नै काम गर्ने गरेका थिए । उपाध्यायको आफ्नो नाममा भन्सार एजेन्टको लाइसेन्स छैन । तथापि उनले विरगन्जका काशीराज दाहलको प्रतिनिधिका रूपमा काम गर्दै आएका थिए । जेठ यता उनी कसैको प्रतिनिधि पनि थिएनन् । उनी मूलतः भन्सार एजेन्ट नभई बिचौलिया भएको भन्सार एजेन्ट सङ्घका रूपन्देहीका अध्यक्ष असीम न्यौपानेले जनाए ।

यो आर्थिक वर्षमा ८१ अर्ब ४३ करोड रूपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो । सोमबार सम्म ६८ अर्ब रूपियाँ सङ्कलन भएको छ ।  गत वर्ष भैरहवा भन्सार कार्यालयले ६२ अर्ब रूपियाँ राजस्व सङ्कलन गरेको थियो । नेपालमा सबैभन्दा धेरै राजस्व सङ्कल गर्ने नाका वीरगञ्ज हो भने दोस्रो भैरहवा नाका मानिन्छ । यस्तै तेस्रोमा विराटनगर हो ।
अहिले सुनौली नाकामा विभिन्न बहानामा भारतीय प्रहरीले नेपाली मालवाहक सवारीलाई घण्टा रोकेको छन् । भारतीय प्रहरीले लामो समय रोकेर नेपाली चालकलाई दुःख दिने अनि १ सय ५० रुपियाँ दिएमा छाड्ने गरेका छन् । भारतीय प्रहरीले सुरक्षाका कारण देखाउँदै लामो समय मालवाहक सावरी रोक्दा भन्सारमा थप भीडभाड भएको छ ।

जसमा बिचैलियाहरू पनि खेल्ने ठाउँ पाएका हुन्छन् । उनीहरूले नक्कली कागजपत्र र चेक गर्न आउने कर्मचारीलाई सानो सानो रकममा उम्काउने गरेको पनि केही घटना रहेको कार्यालयका एक अधिकृत बताए । बिचौलियहरू झन् पछि झन् ठूला आर्थिक तथा कीर्ते गरी भन्सारलाई नै ठग्न र झुक्याउन तम्सिरहेका देखिन्छन् । माफियाहरूको चङ्गुलमा भन्सारका कर्मचारी दबाब र प्रभावमा परेको देखिन्छ । अवैध कारोबारीहरूको बोलवाला बढ्दा इमानदार भन्सार एजेन्टहरू भने मारमा परेका छन् तर भैरहवा भन्सार कार्यालय प्रवक्ता कलिराज पौडेयले भने आफूहरूसँग भएको सबै शक्ति लगाएर चेकजाँच गरिरहेका दाबी गरे । उनले पारदर्शिता पनि भन्सार सुधारको अर्को उपाय भएकाले आफूहरूले धेरै विषय पारदर्शी गरेको बताए ।

प्रधानमन्त्री केपी ओलीले राजस्व अनुसन्धानलाई आफ्नो मतहतमा राखेर राजस्व छलीलाई रोक्न उद्देश्यसाथ काम गर्ने राणनीति बनाए पनि   केही भन्सारकै कर्मचारीको इसारामा भन्सार एजेन्टको सहयोगमा यस्तो भन्सारमा करोडौं घप्ला गर्ने कार्य हुदै आएको पाइएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयमा केही दिन अघी नक्कली प्रत्पज्ञान पत्र बनाएर समान तस्करी गरेकोमा भन्सारका प्रमुख जर्नादन आर्चाय सहित ३ जना कर्मचारीलाई सो ठाउंबाट हटाएर छानबीन गरिरहेको छ ।
भैरहवा भन्सारमा पनी ततकाल भन्सारका कर्मचारीहरुकै मिलेमतो हो वा होइन एकिन गरेर छानबीन तथा कार्बाही प्रकिैया अघि नबढाए यो रोग सबै भन्सारमा फैलीने निश्चित नै छ । रातोपाटी अनलाईनमा पनी समाचर प्रकाशित छ ।