लाईसन्स ट्रायल परीक्षामा भ्रष्टाचार गरेको ठहर गदै यातायातका कर्मचारी, टाफिक प्रहरी र दलालहरु समेत गरि १३ जना विरुद्ध मुद्दा दायर


८ साउन,काठमाडौं/  सवारी चालक अनुमतिपत्र को प्रयोगात्मक परीक्षामा अनियमितता गरेको ठहर सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अख्तियारले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका मेकानिकल इन्जिनियर श्याम केसी, ट्रायलमा खटिएका महानगरीय ट्राफिक प्रहरीका सई श्रीराम तिवारी, विमल खरेल, प्रहरी जवान गणेश खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । यस्तै, अख्तियारले ट्रायल परीक्षामा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा अन्य ९ जना विचौलिया/दलालहरु विरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

उनीहरूले मिलोमतोमा आर्थिक लाभ लिएर प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी आफूअनुकूलको नतिजा तयार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको छ । नया पत्रीका अनलाईनमा पनी समाचार छ ।