आज गुरु पूर्णिमा

Photo : srilalithambika.org

११ साउन, नेपालगञ्ज/ आज आषाढ शुक्ल पूर्णिमाका दिन गुरुको सम्मान गरी आज शुक्रबार गुरुपूर्णिमा मनाइएद छ। सनातन धर्मावलम्बीहरूका अनुसार असारमै पर्नुपर्ने यो पर्व यो वर्ष जेठमा अधिक९मल०मास परेका कारण साउनमा आइपुगेको हो।

सनातन मान्यता अनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ। गुरुलाई माता र पितापछिको स्थान दिइएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन धर्मको मान्यता छ।
वैदिक परम्परामा व्यक्तिको चरित्र निर्माण र ज्ञान प्राप्तिमा माता र पितापछि आचार्य अर्थात् गुरुको मुख्य भूमिका रहने मानिएको छ।

सम्बन्धित शीर्षक