चितवनको चुम्लीगंटार नजीक बस र ट्रक ठोक्कीएर दुर्घटना, ८ जना यात्रुको मुत्यू, १७ जना घाईते


११ साउन, नेपालगञ्ज/ काठमाण्डौंबाट पोखरा तर्फ गईरहेको ना ६ क २५०६ नम्बरको यात्रु बहाक बस र मुग्लीन तर्फ गइरहेको खाली ट्रक शुक्रबार बिहान करीब १२ बजे चितवनको चुम्लीगंटार नजीक एक आपसमा ठक्कर खाएर दुर्घटना हुदा ८ जना यात्रुको मुत्यू भएको छ भने २३ जना गम्भीर घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायप उपरिक्षक प्रभु ढकालका अनुसार चितवनको कुरिनटार नजीकै रहेको चुम्लीगंटारमा बस र ट्रक एक–आपसमा ठोक्कीएर बस सडकबाट करीब ७० मिटर तल त्रिसुली नदी तर्फ खोचमा खसेर दुर्घटना भएको छ ।
सडकबाट नदी तर्फ खसेको उक्त यात्रु बहाक बसको दुर्घटना स्थलमा २ महिला र ३ जना पुरुषको शब बरामद भएकोमा भरतपुर अस्पतालमा उपचारको लागी लगीएका २५ जना घाईते मध्य ३ जना घाईतेको मुत्यू भएको प्रहरीले जनाएको छ ।