१८ साउन, बुटवल/ सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने सरकारका आधीकारीक निकायमा काम गर्नेले बताएका छन ।
बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाब सहितको प्रविधि प्रयोग गर्न लागिएको खबर नागरिक दैनिकमा समाचार छापिएको छ।
बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्याउन घुम्ती ल्याब सहितको भ्यान सञ्चालन गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
होटल तथा रेस्टुरेन्टका खाना, खाजा, दूध, मिठाइ, तरकारी, घिउ, तेल, पानी, मासु लगायत खाद्यवस्तु, तिनमा प्रयोग हुने रंगको नमुना संकलन गरेर तत्काल ल्याब परीक्षण गरिनेछ।
यसरी संकलन गरिएको नमुनामा भएको विषादी, रसायन घुम्ती ल्याबमा परीक्षण हुनेछ।
ठाउँको ठाउँ खाद्य वस्तु परीक्षण गरेर नतिजा दिने प्रविधिसहितको उपकरण जडित काठमाण्डौंमा ३ वटा भ्यान विभागले ल्याएको छ। दैनिक रूपमा खाद्यवस्तु ठाउँको ठाउँ परीक्षण गर्न लागेको विभागका महानिर्देश सञ्जीवकुमार कर्णले बताउनु भएको छ । यता काठमाण्डौं बाहेक अन्य ठुला शहरमा भने जनमानसमा प्रत्यक्ष सरोकार राख्ने खाद्यय बस्तुको निरिक्षण कर्मचारीलाई पैसा कमाउने मेलोमेसोको श्परुमा बिगतमा नेर्ने गरिएको छ ।
काठमाण्डौं बाहेक बाहिरि ठुला शहरमा समेत ल्याबको ब्यवस्थीत सञ्चालन र हुन सकेको छैन भने केही ठाउंमा आवश्यक दक्ष जनशक्तीको समेत अभाव रहदै आएको छ ।
हाम्रो संरचना । १८ श्रावण २०७५, शुक्रबार ०८:१६