जाजरकोटको भेरी नगरपालिका,ठाँटीबजारमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु,पश्चिम नेपालमा बदली र भारी वर्षा 

तस्बीर : जाजरकोटमा पहिरो गएको ठाउंमा उद्यार कार्य

२० साउन,जाजरकोट/  शनिबार उपरान्ह देखी लगातार भएको बर्षातका कारण मध्यपश्चिमाञ्चल क्षेत्रमा पर्ने पहाडी जिल्ला जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ३, ठाँटी बजारमा आइतबार बिहान पहिरो खस्दा पुरिएर ९ जनाको मृत्यु भएको छ ।

स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानी नाउला जाने बाटोको छेउमा रहेको पत्रकार तीर्थ  बोहरा र गोपाल सुनारको घर करीब १ सय मिटर माथिबाट आएको पहिरोले  घरको गारो भत्किदै पहिरोले पुरिएका छन् ।

उक्त पहिरोमा पुरिएका ३५ बर्षीय लालबहादुर लुहारको डेढ घण्टा पछि जिवितै उद्धार गरिएको छ र उनको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

उक्त पहिरोमा परि २५ वर्षीय सितला लुहार, ६ वर्षीय सम्झना विक, ३ वर्षीय मनिसा विक, ९ वर्षीय भगवती विक, १२ वर्षीय गोविन्द परियार, ६ वर्षीय दशरथ परियार, १२ वर्षीय नरेन्द्र परियार र १० वर्षीय नवीन परियार पुरिएर मुत्यू भएको जाजरकोट जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खतिवडाले बताउनु भएको छ।  नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ५ बर्षीया छोरी नतिजा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ।
पहिरोले पुरिएकाहरुको प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीय बासिन्दा लगायतले उद्धार कार्यमा जुटेकोमा हाल सम्म ८ जनाको शब फेला परेको छ ।

मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्। यस्तै  अन्य दुई बालिका र एक महिलाको मृत्यु भएपनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खतिवडाका अनुसार उक्त पहिरोको कारण ठाँटीबजार आसपासका १७ वटा घर जोखिममा रहेको स्थानिय सतरमा गरिएको अवलोकनको क्रमममा पायएको समेत जानकारी दिनु भएको छ । उक्त क्षेत्रका बासिन्दालार्य सर्तकता अपनाउन भनीएको छ ।

 पश्चिम नेपालमा बदली र वर्षा 

आगामी तीन दिनसम्म वर्षा जारी रहने मौसमविदले अनुमान गरेका छन् । आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ ।

मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै मंगलबारसम्मै पानी पर्ने जनाएको हो