दैलेखमा एचआइभी संक्रमण : १ सय ८६ जनालाई एआरटी सेवा मार्फत औषधि सेवन गराइदै

Photo: Google

उदयराज अधिकारी
२२ साउन,दैलेख/ 
दैलेख जिल्लाको दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकम कर्णालीकी धर्मा बुडुलालाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो।

कामका लागि भारत गएका उनका श्रीमानलाई एचआइभी संक्रमणले सताएपछि उपचारकै क्रममा श्रीमानको मृत्यु भयो। श्रीमानकै कारण आफू पनि एचआइभी संक्रमणमा परेर समस्यामा परेकी उनले छोरा छोरीको लालनपालनमा समस्या भएको बताइन्।

उनले थपिन्, बाख्रापालन र अन्य सजिला व्यवसायमा स्थानीय सरकारले सहयोग गरे जीवन गुजारा गर्न सजिलो हुने थियो।ु स्थानीय स्वास्थ्य केन्द्रबाटै औषधि बडुवाल मात्रै हैनन् एचआइभी संक्रमण भएर श्रीमान गुमाएका ५२ जना महिलाहरू राकम कर्णालीमा छन्।
आफ्नो सम्मान पूर्वक बांच्न पाउने अधिकार र समाजमा गरिने भेदभाव विरुद्ध लड्न एचआइभी संक्रमण महिलाहरू संगठित हुनुपरेको बताउने गर्नुभएको छ।

संगठित भएर आवाज उठाउन थालेपछि अहिले एआरटी औषधि राकम कर्णाली स्वास्थ्य केन्द्रबाटै उपलब्ध हुन थालेकोले धेरै सजिलो भएको महिलाहरूले बताएका छन्।

औषधिसँगै संक्रमित महिलाहरूलाई पोसिलो आहार र पोषणका लागि मासिक ५ सय भत्ता स्थानीयस्तरमै रोजगारी र व्यवसाय प्रवर्द्धनलगायत विषयमा स्थानीय सरकारले चासो बढाएको आठबीस नगरपालिका दैलेखका प्रमुख खड्कराज उपाध्यायले जानकारी दिनु भएको छ।

उपाध्यायका अनुसार नगरपालिकाले पोषणमा सहयोग पुगोस् भनेर मासिक ५ सयका दरले संक्रमितहरूलाई भत्ता प्रदान गरिरहेको छ।ु संक्रमित भनेर समाजमा हेला हुन थालेपछि एकल महिलाहरू संगठित भएको तुलसा माझीले बताइन्।

५२ जना सवैका श्रीमानहरु भारतमै रोजगारीका लागि गएको र एचआइभी संक्रमणले मृत्यु भएको माझीको भनाइ छ। जिल्लाभर १ सय ८६ जनाले एआरटी सेवामार्फत औषधि सेवन गरिरहेका छन्।
तीन नगरपालिका उच्च जोखिममा सबैभन्दा धेरै जोखिममा रहेका स्थानीय तहमध्ये आठबीस नगरपालिका, नारायण नगरपालिका र दुल्लु नगरपालिका रहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ।

दैलेखको पश्चिम क्षेत्र मात्र हैन जिल्लाका अधिकांश स्थानका मानिसहरू रोजगारीका लागि भारत जानुपर्ने बाध्यता धेरै समयदेखि रहँदै आएको छ। स्थानीय सरकार गठन भएको एक वर्ष पुगेको छ। अब स्थानीय सरकारले गाउँमै रोजगारी र एचआइभी संक्रमितको समस्यामा परेका नागरिकहरूको जीवन सुरक्षाबारे पनि चासो बढाउनुपर्ने स्थानीयको भनाइ छ। थाह खबरमा पनी समाचार प्रकाशित छ ।