नेपालगन्ज/ प्रदेश प्रहरी ब्यूरो नेपालगन्जको टोलिले बर्दियाको बढैयाताल गाउँपालिका २ फुटाहाबाट अवैध भारतीय बोइलर कुखुरासहित ६ तस्करलाई पक्राउ गरेको छ ।
ब्यूरोका प्रमुख प्रहरी निरीक्षक देवीप्रसाद पौडेलको नेतृत्वको टोलिले २ क्यूक्टिल बोइलर कुखुरासहित ६ जना तस्करलाई बुधबार नियन्त्रणमा लिएको हो ।
तस्करहरूको साथबाट प्रहरीले तस्करीमा प्रयोग भएका ६ थान साइकल समेत नियन्त्रणमा लिएको थियो । भारतीय अवैध कुखुरा तस्कर विरूद्ध प्रदेश प्रहरी ब्यूरोले केही हप्ता यता सक्रियता बढाएको छ ।
पक्राउ पर्ने तस्करहरूमा बढैयाताल ८ का तिर्थ रैदास, भारत बहराइच मोतिपुर थानाका जितराम प्रजापति, रामहरण प्रजापति, राजेश प्रजापति, मुनिर अहिर र ओमप्रकाश धोबी रहेका छन् ।
पशु क्वारेन्टाइन चेकपोष्ट गुलरियाका प्रमुख अजयप्रसाद शाहका अनुसार प्रहरीले बरामद गरेका कुखुराहरू नष्ट गरिएको छ ।
तस्करहरूाई जनही १० हजारका दरले ६० हजार जरिवाना गरेर छोडिएको छ ।
हाम्रो संरचना । ३० श्रावण २०७५, बुधबार १८:३४