२ भदौ,बर्दिया/ बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको र्याफ्टिङ शनिबार दिउँसो बर्दियाको सदरमुकाम गुलरियाबाट करिब ६० किमि उत्तर पूर्वमा पर्ने शिबपुर पोष्ट नजीकै बबई नदिको भंगालोमा पल्टिँदा गेम स्काउट भोला यादव नदीमा बेपत्ता भएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जमा सुरक्षाका लागी खटिएको नेपाली सेना र गेम स्काउट सयुक्त रुपमा नियमित गस्तीमा जाने क्रममा नदी पार गर्ने क्रममा २ वटा र्याफ्टिङमा १४ जना सवार भएर नदी पार गरिरहेका थिए ।
बर्दियाको बासगढी नगरपालीका वडा नम्बर १ मा पर्ने उक्त शिबपुरी पोष्ट नजीकै नियमित गस्ती गएको अवस्थामा मुलघाट पोष्टबाट शिवपुर पोष्टमा जाने क्रममा उक्त २ वटा र्याफ्टिङ मध्य एउटा र्याफ्टिङ पल्टिएको निकुञ्ज सहायक संरक्षण अधिकृत अशोक कुमार भण्डारीले जानकारी दिनु भएको छ ।
।
पल्टिएको र्याफ्टिङका चढेका ६ जना मध्य अन्य ५ जना निकुञ्जका कर्मचारीले पौडेर ज्यान बचाएका छन् । निकुन्जका अनुसार यादवले लाइफ ज्याकेट लगाए पनि पछि गर्मी भयो भन्दै निकालेको समयमा उक्त याफ्टिङ पल्टेको थियो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले घटनाको पुष्टी गर्दै बेपता भएका यादवको खोजीका लागि ततकाल सशस्त्र प्रहरीका गोताखोर त्यसतर्फ पठाइएको जानकारी दिनु भएको छ । ।
हाम्रो संरचना । ३ भाद्र २०७५, आईतवार ०७:०६