बिद्यार्थीको भबिष्य बरबाद पारेर उल्टै बिद्यार्थी नेता कुटनेलाई कार्बाही गर्न सबै बिद्यार्थी संगठनहरुको माग

७ भदौ, नेपालगञ्ज/ हालै नेपालगञ्जमा सरुवा भएर आएका सिडियो र एसपी के कस्ता ब्यवसायिक योग्यता र क्षमताका छन भन्ने बिषय जिल्लामा भए गरेका घटनालाई कसरी लिन्छन भन्ने कुराले तिनिहरुका थोरै भए पनिे मापन गर्दछ ।

राजनितिको आडमा समाजमा अराजकता फैलाउने छुट कसैलाई पनी छैन। आफनो सुनौलो भबिष्य देखेर नेपालगञ्जमा अध्ययन गर्न आएका बिकट पहाडका सिदा साधा बिद्यार्थी कुटिदा, बल पूर्वक परिक्षा फारम भर्न नदिई भबिष्यमाथी खेलवाड गर्ने माथी प्रशासन मौन जस्तै छ । अभियुक्तहरु छाडा साढे जस्तै घुमिरहेका छन । घटनालाई प्रशासनले गम्भीरता पूर्वक लिएको छैन ।

केही समय मधेशी दलीतको नाममा नेपाली कांग्रेसको कोटाबाट सांसद बनेर प्राबिधिक क्यापसको लाइसेन्स हात पारेका क्याम्पस सञ्चालक माइकुलाल वाल्मीकि एउटा जिम्मेवार राजनितीक दलको भात्रृ संगठन नेबिसंघको अध्यक्षलाई बार्ताको नाममा आफनो क्याम्पसमा बोलाएर निर्घात कुटाई खाएर अस्पताल भर्ना हुदा पनी प्रहरीले अभियुक्तलाई पक्राउ गर्दैन भने त्यस्तो प्रहरी प्रशासनले कि घटनालाई थप उत्तेजित बनाउन वा पक्ष पोषण गरेको देखिन्छ ।

उपरोक्त घटनामा गत सोमबार क्याम्पसमा तालाबन्दीको बिषयमा छलफल गरि समस्या समाधान गर्ने भनी नेबिसंघका महेन्द्र बहुमुखी क्याम्पसका कार्यबहाक अध्यक्ष रहेका चन्द्र प्रकाश देबकोटा र नेबिसंघ कै सिटिभिटी अन्र्तगत केन्द्रीय समन्वय समितिका उपाध्यक्ष सुरज थापालाई बार्ता गर्ने भनी बोलाएर पिडितको भनाई अनुसार “हामीलाई कुटन भनेर कुरेर बसेका” राजनितिको आडमा नेपालगञ्ज हेल्थ क्याम्पस सञ्चालक बनेका माइकुलाल वाल्मीकि लगायतका ब्यक्तीले सामन्य छलफलकै क्रममा निर्घात कुटपिट गरेर बिद्यार्थी नेता अस्पताल भर्ना हुदा समेत प्रहरीले अभियुक्तहरुलाई पक्राउ सम्म गर्दैन भने बांके प्रहरीको नेतृत्व को कस्को भन्ने बिषय पनी मापन गर्ने एउटा बिषय बनेको छ ।  

क्यामपसमा अध्ययनरत बिद्यार्थीहरुका अनुसार राजेन्द्र बडुवाल केही दिन क्याम्पसमा अनुउपस्थित भएका थिए । कारण खोज्दै जांदा हेल्थ क्याम्पसमा गल्स होस्टेलमा माइकुलाल वाल्मीकि र होस्टेलका कार्यरत एक जना महिला वार्डेनको बिषयमा बिद्यार्थीहरु बीच चलेको खलबलीले गर्दा क्याम्पस तातेको बिद्यार्थीहरुले जानकारी दिएका छन ।
त्यसै झोकमा बिद्यार्थीलाई अनुउस्थित कारण देखाउदै अन्य बिद्यार्थीहरुलाई पनी डर त्रास देखाउने गरि क्याम्पस सञ्चालक माइकुलाल वाल्मीकिले बिद्यार्थी राजेन्द्र बडुवाललाइ लात्तै लात्ताले निर्घात कुटेर अब देखी पढन नआइज जहां देख्यो त्यही पिटछु भनेर पठाएको पिडित बिद्यार्थीले बताएका छन ।
वाल्मीकिको हरकतको डरले राजेन्द्र बडुवाल केही दिन क्याम्पसमा गएनन । परिक्षा फारम खुले पछी साथीहरुले परिक्षा फारम भर्न भर्न जानकारी दिएका थिए । पिडित बिद्यार्थी परिक्षा फारम भर्न जादा फारम भर्न त के माईकुलाई देखेपछी डरले भागेर आएको बताउछन ।

माइकुलाल क्याम्पसमा नभएको मौका पारेर पिडित बिद्यार्थी बडुवालले सब प्रक्रिया पुरा गरेर फारम भरेर लेखा शाखामा छोडिदिए । राजेन्द्र बडुवाललाई गरेको यातना अन्य बिद्यार्थीलाई सवक देखाउने भन्दै माइकुलालले परिक्षा फारम आफुलाई थाहनै नदिएर बार्षिक परिक्षा फारम परिक्षा केन्द्रमा पठाइदिएनन ।

परिक्षा सुरु हुदा प्रबेश पत्र नआएपछी पिडित बिद्याथी राजेन्द्र बडुवालले साथीभाइहरुको सल्लाह अनुसार बिद्यार्थी संगठनका नेताहरुलाई गुहार माग्ने क्रममा आफु निकट नेबिसंघका महेन्द्र बहुमुखी क्याम्पस इकाईका कार्यबहाक सभापती चन्द्रप्रकाश देवकोटा लगायतको नेता समक्ष आफनो पिडा पोखेका थिए ।

सभापती चन्द्रप्रकाशले सिटिभिटी अन्र्तगतको आफनो संगठनका केन्द्रीय उपाध्यक्ष सुरज थापा लगायत संग समन्वय गरेर क्याम्पसमा गरिएको अन्यायको बिरोधमा प्रेस बिज्ञप्ती निकालेर बिरोध जनाउदै अभिलम्भ बिद्यार्थीलाई परिक्षा दिनबाट बञ्चीत नगराउन र समस्याको समाधान गर्न माग राखेका थिए ।

राजनितिको आडमा साढे बनेकाहरुले बिद्यार्थीको मागलाई गम्भीरता पूर्वक नलिएकाले क्याम्पसमा नेबिसंघले तालाबन्दी गरेर समस्याको समाधानको लागी दवाब दिइरहेको समयमा क्याम्पस सञ्चालक माइकुलाल वाल्मीकिले बार्ता गर्ने भनेर क्याम्पसमा बोलाएर एक हुल स्थानिय युवाहरु समेत परिचालीत गरेर नेबि संघका २ जना नेतालाई कुटपिट गरेपछी घटनाले थप चर्चा पाएको हो । घटनापछी सबै बिद्यार्थी संगठनहरुले प्रेस बिज्ञप्ती निकालेर दोषिमाथी कार्बाही गरेर पिडित बिद्यार्थीको समस्या समाधान गर्न सम्वनधीत सबै पक्षसंग माग राखेका छन ।

घटनामा मुख्य अभियुक्त माइकुलालले स्वीकृत लिएको नेपालगञ्ज हेल्थ क्याम्पसको लागी आवश्यक प्राबिधिक पक्ष पुरा नभए पनि माथी आफना मानीसलाई कति खुवाउनु परेको भन्दै बेलाबखत फलाक्ने गरेको पनि स्रोतले बताएको छ । शक्तीको भरमा क्याम्पस स्वीकृत गराएर ल्याएर बिद्यार्थिको भबिष्य बरबाद पार्ने बिषयमा माइकु लाल लाल जानकारी लिन खोज्दा भारतको लखनउमा उपचारको क्रममा गएको निजका आफन्तहरुले जानकारी दिएका छन ।

माइकु लालले नेबिसंघ आपसमा भिडेको जस्ता गैरजिम्मेरवार अभिब्यती दिएर बिद्यार्थीलाई थप उत्तेजित पार्ने काम गरेको बिद्यार्थी नेताहरुले बताएका छन । नेपालगञ्ज हेल्थ क्याम्पसका पक्षहरुले पिडित बिद्याथी ओजीटि र नियमित पढाईमा नआएका कारण समस्या उत्पन्न भएको बताएको छ ।