डोटी,२८ भदौं/ दार्चुलाबाट महेन्द्रनगर तर्फ गईरहेको ना ५ ख ९११४ नम्बरको यात्रु बाहक बस बिहीबार बिहान ३ बजेर १५ मिनेट जांदा डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ छतिवन नजीक रुपसकांडामा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । घाइते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीका अनुसार बस सडकबाट करीब ६० मिटर तल खसेको छ। घाइते सबैको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा पठाइएकोमा पदमा अस्पताल अत्तरिया कैलालीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेमा दार्चुला मार्मा- १ का वर्ष ३८ का अम्मर सिंह ठगुन्ना, कञ्चनपुर बेदकोट- ६ का वर्ष ३० का शरद सिंह भण्डारी, वर्ष १७ का वीरेन्द्र भण्डारी, सुर्खेतका २४ वर्षीय प्रदीप सुनार रहेका छन् ।
यस्तै कञ्चनपुर कृष्णपुर- ३ का वर्ष ४५ का गंगादत्त जोशी (गाडी धनी), कञ्चनपुर कृष्णपुर- २ का वर्ष ३४ का पदम पन्त (चालक), भीमदत्त नपाका वर्ष ३० का देवराज जोशी, कञ्चनपुर सुडा- ८ की वर्ष २५ की उर्मीला बोहोरा रहेका छन् ।
घाइते मध्ये चालक पन्तलाई थप उपचारका लागि भारत रिफर गरिएको छ । दुर्घटनाका घाइतेमा दुई जना महिला र एक बालक पनि रहेका छन् ।
हाम्रो संरचना । २८ भाद्र २०७५, बिहीबार ११:०५