रसुवा र हुम्लामा पहिरोमा परि ४ जनाको मुत्यू ,१३ जना घाईते

हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ नेक्पामा पहिरोमा परि घाईते को स्थानिय बासिन्दाबाट उद्धार गर्दै । फोटो: रबिन/रहुम्ला

३१ भदौ,नेपालगञ्ज/ रसुवागढी बिधुत आयोजनाको काम गर्ने कामदार बस्ने स्थान नजिकै शनिबार राति पहिरो खस्दा आयोजनामा काम गर्ने २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

गोसाइाकुण्ड गाउँपालिका वडा नम्बर १ स्थित रसुवागढी जलविद्युत आयोजनाको कामदार बस्ने स्थान नजिकै शनिबार राति करिब ९ बजे पहिरो गएको आयोजना प्रमुख छवि गैरेले बताउनु भयो ।
मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमाहानगरपालिका–११ का २२ वर्षीय रमेश कप्रोला र रुकुमको भूमे गाउँपालिका वडा नम्बर ९ का ५० वर्षीय भीम रोका छन् ।

रमेश कप्रोलाको घटनास्थलमै र भीम रोकाको अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।
पहिरोमा परि गम्भिर घाइते हुनेमा चिनियाँ नागरिक एमआर इथ्यो, रुकुम जिल्ला भूमे गाउँपालिका–२ का ३० वर्षीय टेकमान बुढा र जगदीश रोका, कृष्णपुर नगरपालिका–१ का ३० वर्षीय प्रकाश भट्ट रहेका छन् । गम्भिर घाइते भएका चारै जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

तीन जनालाई शनिबार राति नै र एक जनालाई आइतबार विहान काठमाडौं लगिएको हो । घाइते भएका अन्य ५ जनाको चिनियाँ क्याम्प टिमुरेमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

त्यसैगरि शनिवार दिउँसो हुम्लाको नेक्पामा सुक्खा पहिरो खस्दा हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ नेक्पामा २ जनाको मृत्यु भएको छ। १ जना बालिका वेपत्ता भएकी छिन ।

पहिरोमा परि चंखेली गाउँपालिका वडा नम्बर ५ की २४ वर्षीया बसन्ती तामाङ र १३ वर्षीया अनिता तामाङ्गको घटना स्थलमै मृत्यु भएको वडा अध्यक्ष भैरव बहादुर तामाङ्ले सञ्चार माध्यमलाइ जानकारी दिएका छन ।

एक जना नाम नखुलेकी बालिका अझै बेपत्ता रहेकाले उनको खोजी कार्य जारी रहेको अध्यक्ष तामाङ्गले बताउनु भयो । सुख्खा पहिरोमा परि अन्य ४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ११ वर्षीया अस्मिता तामाङ्ग, ९ वर्षीया बिनिता तामाङ्ग, ११ वर्षीय हेमन्त तामाङ्ग र ८ वर्षीय युकेश छन् ।

उनीहरुको सिम्रीक एयरको हेलिकोप्टरबाट उद्धार गरि शनिवार बेलुका सिम्रीक एयरबाट दुबै जनालाई नेपालगञ्ज रिफर गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभएको छ ।

सम्बन्धित शीर्षक