कञ्चनपुरमा १० वर्षे बालकद्वारा ६ वर्षीया बालिका  बलात्कृत !

Photo: Google

मोहन विष्ट/ कञ्चनपुर,५ असोज
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ६ वर्षीया बालिका बिहीबार बलात्कृत भएकी हुन् । कालिका मावि कक्षा २ मा अध्ययनरत बालिका विद्यालयको टिफिन समयमा बलात्कृत भएको बताएकी छन ।

कक्षा कोठामै बलात्कार भएको पीडित बालिकाको परिवारले बताएका छन । बालिकाकी आमाले छोरी दिउँसो १ बजेतिर विद्यालयबाट घर आएको बताइन् । ‘छोरी घरआएपछि भात खाइन् । भात खाएपछि सुतिन्,’ आमाले भनिन्,‘छोरीले पोल्यो भन्न थालेपछि छोरीका कपडा खोलेर हेर्दा यौनीबाट रगत बगेको देखेपछि सोधेँ ।’ साथीको दाईले लडाएर बलात्कार गरेको छोरीले बताएपछि घटना थाहा पाएको आमाले बताइन् ।

आमाले प्रहरीलाई खबर गरे लगत्तै प्रहरीले बिहीबारै घटनामा संलग्न सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० वर्षीय बालकलाई पक्राउ गरेको छ । बालिकालाई साँझ करिब ६ बजे महाकाली अञ्चल अस्पताल लगिएको छ ।

विद्यालयका प्रधानाध्यापक दीपेन्द्र चौधरीले विद्यालयमा घटना घटेको हो वा हैन भन्ने विषयमा आफूलाई थाहा नभएको बताए । बिहान ७ बजेदेखि विद्यालय लाग्ने र साढे १२ बजे सकिने भएकाले घटना विद्यालय बाहिर भएको हुन सक्ने उनले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालिकाको बयान अनुसारका सिंहलाई पक्राउ गरिएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख कुँवेर कडायतले मेडिकल रिर्पोटअनुसार घटना बारे विस्तृतमा खुल्ने बताएका छन । नाबालाकको हकमा अभिभावकको जिम्मा लगाएर वा बाल सुधारगृहमा राखेर पनि कारबाही अघि बढाउन सकिने प्रहरी प्रमुखले बताउनु भएको छ । प्रहरीका अनुसार निर्मलाको घटनापछी  कञ्चनपुरमा ८ वटा बलात्कारका घटनामा उजुरी परेको छ ।